शुक्लागण्डकीको उदाहरणीय काम, बाँझो जमिनमा खेती गर्नेलाई ५० प्रतिशत अनुदान

शुक्लागण्डकी नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदान दिएर बाँझो जग्गा सदुपयोग गर्ने अभियान शुरु गरेको छ । लकडाउनले गर्दा नगरभित्र कृषिका काम पर्याप्त रुपमा हुन नसकेको र आवस्यक खाद्यान्न तथा तरकारी पनि आयात गर्नुपरिरहेको सन्दर्भमा नगरपालिकाले यो अभियान सुरु गरेको हो ।

View More शुक्लागण्डकीको उदाहरणीय काम, बाँझो जमिनमा खेती गर्नेलाई ५० प्रतिशत अनुदान

श्रमिकलाई शुक्लागण्डकीले राहतको साटो काम दियो

दैनिक काम नगरी साँझ बिहानको छाक टार्न धौ धौ पर्ने श्रमिकहरुका लागि राहत भन्दा श्रमको खाँचो रहेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ ले काम दिएको छ ।

View More श्रमिकलाई शुक्लागण्डकीले राहतको साटो काम दियो

पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

पाँच प्रदेशका पाँच मेयरहरुले संघीय सरकारले पत्र र निर्देशन बाहेक केही नपठाएकोमा गुनासो गरेका छन् । तनहुँ जिल्लाको व्याँस नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेले भन्नुभयो, ‘स्थानीय सरकारले हुन्जेल त गर्ला तर यसरी यसरी गर्नु भन्ने अनि स्रोत स्थानीय सरकारले नै व्यवस्थापन गर्नु भन्ने निर्देशन मात्रै त किन चाहियो र ?’

View More पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

नगरपालिका संघ गण्डकी प्रदेशको भर्चुअल बैठक सम्पन्न : यस्ता छन् निर्णय

नेपाल नगरपालिका संघ गण्डकी प्रदेशको संयोजनमा बुधबार प्रदेशका २७ नगरपालिकाका मेयर र उपमेयरहरु विच भिडियो कन्फ्रेन्स मार्फत बैठक सम्पन्न भएको छ ।

View More नगरपालिका संघ गण्डकी प्रदेशको भर्चुअल बैठक सम्पन्न : यस्ता छन् निर्णय

भानु नगरपालिकाका अति विपन्न र अशक्त परिवारलाई राहत वितरण

तनहुँको भानु नगरपालिकाले कार्यविधी नै बनाएर दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गर्न शुरु गरेको छ । सरकारी सेवा सुविधा पाउने र निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने परिवारले भने राहत नपाउने भानु नगरपालिकाका मेयर उदयराज गौलीले मेयर खवरलाई जानकारी दिनुभयो ।

View More भानु नगरपालिकाका अति विपन्न र अशक्त परिवारलाई राहत वितरण

रोजगार संयोजकको संक्षिप्त सूची प्रकाशित

भानु नगरपालिकाले रोजगार संयोजकका लागि छनौट भएका व्यक्तिहरुको संक्षिप्त सूची प्रकाशित गरेको छ । संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको यहि माघ २८ गते ११ बजे नगरपालिकाको…

View More रोजगार संयोजकको संक्षिप्त सूची प्रकाशित

शुक्ला गण्डकीकाे सार्वजनिक विदा सम्बन्धि सूचना

शुक्ला गण्डकी नगरपालिकाले सार्वजनिक बिदाको विषयमा सुचना प्रकाशित गरेको छ । कात्तिक २२ गते शुक्रबार हरिबोधनी एकादशीमा नगरपालिकाले सार्वजनिक बिदा दिन लागेको हो । सो…

View More शुक्ला गण्डकीकाे सार्वजनिक विदा सम्बन्धि सूचना

स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड

जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट रु ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा कूल रु ४२ करोड ५५ लाख ८३ हजार २६९ आन्तरिक स्रोतबाट आम्दानी गरेका हुन् ।

View More स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड

शुक्लागण्डकी नगरपालिकाले ‘एक वडा, एक उत्पादन’मा जोडदिदैं

वडा नम्बर १२ ले पाँच माउ बाख्रा पाल्ने कृषकलाई ३० हजार, दश माउ बाख्रा पाल्ने कृषकलाई ५० हजार र १५ माउ बाख्रा पाल्ने कृषकलाई एक लाख अनुदान वितरण गरेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाख्रापालन किसानले अनुदान पाउन वडा कार्यालयमा सूचीकृत भएका, व्यावसायिक बाख्रापालनसम्बन्धी तालीम लिएका, मापदण्डअनुरुप सुधारिएको खोर निर्माण गरेका र आवश्यक मात्रामा घाँसखेती जस्ता सर्तहरु पूरा गर्नुपर्ने छ ।’

View More शुक्लागण्डकी नगरपालिकाले ‘एक वडा, एक उत्पादन’मा जोडदिदैं

वडाबाटै वितरण गरियो अपाङ्गता परिचयपत्र

मेयर खबरदाता तनहुँको शुक्लागण्डकी नगरपालिकाका अपाङ्गता भएका व्यक्तिले वडाबाटै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । अपाङ्गता भएका व्यक्तिको सहजताका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर गरेपछि…

View More वडाबाटै वितरण गरियो अपाङ्गता परिचयपत्र