बारबर्दियामा ‘एक वडा, एक स्वास्थ्य संस्था’

बारबर्दिया नगरपालिका भित्रका नगरबासीहरूले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।

View More बारबर्दियामा ‘एक वडा, एक स्वास्थ्य संस्था’

कृषि र पशुपालनमा लगानी बढाउँदै ठाकुरबाबा नगरपालिका

कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउन ठाकुरबाबा नगरपालिकाले कृषि यान्त्रिकरण कार्यक्रम अन्तरगत बिहिबार कृषकहरुलाई विभिन्न कृषि औजार वितरण गरेको छ ।

View More कृषि र पशुपालनमा लगानी बढाउँदै ठाकुरबाबा नगरपालिका

ज्येष्ठ नागरिकको सहयोगमा ठाकुरबाबा, घरघरमै स्वास्थ्य सेवा

ठाकुरबाबा नगरपालिकाले घरघरमै पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्ने अभियान संचालन गरेको छ । नगरभित्र रहेका ८४ वर्ष उमेर माथिका जेष्ठ नागरिकहरुलाई अहिले घरदैलोमै पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा दिइरहेका छन् ।

View More ज्येष्ठ नागरिकको सहयोगमा ठाकुरबाबा, घरघरमै स्वास्थ्य सेवा

बारबर्दियामा १२ सय ३६ जनामा परीक्षण, कसैमा देखिएन कोरोना

नगरपालिकाले बिहिवारै थप १२ जनामा गरेको र्यापिड परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाले अलिहे सम्म ११ सय ७६ जनामा र्यापीड परीक्षण गरिसकेको छ भने ६० जनामा पिसीआर विधी मार्फत परीक्षण गरिसकेको छ ।

View More बारबर्दियामा १२ सय ३६ जनामा परीक्षण, कसैमा देखिएन कोरोना

ठाकुरबाबा अपडेट : क्वारेन्टाइन बसाईलाई उपलब्धी मुलक बनाउन तालिम

‘हामी आफ्नै ठाउँमा चाहिँ केही गर्दैनौं अनी भएन भएन मात्र भन्छौं यसरी कहाँ हुन्छ ? आफ्नै गाउँमा केही गर्ने सोच अहिलेका युवा वर्गमा हुनुपर्यो अनी पो विकास हुन्छ त । त्यसैले यही मौकामा हामीले युवा वर्गको सोचाईलाई सकरात्मक बनाउन क्वारेन्टाइनमै अभिमुखीकरण कार्यक्रम संचालन गरेका हौं ।’

View More ठाकुरबाबा अपडेट : क्वारेन्टाइन बसाईलाई उपलब्धी मुलक बनाउन तालिम

ठाकुरबाबा अपडेट : नगरपालिकाका २ वटा गाउँ सिल

मेयर खबरदाता, बर्दिया १२ वैशाख । नेपाल फर्किने क्रममा लकडाउन भएका कारण भारतकै क्वारेन्टाइनमा बस्दै आएका एक स्थानीयमा कोरोना संक्रमण देखिएपछि ठाकुरबाबा नगरपालिकाले दुईवटा गाउँमा…

View More ठाकुरबाबा अपडेट : नगरपालिकाका २ वटा गाउँ सिल

निराशाबीच आशाको उद्घोष : पाँच प्रदेशका पाँच मेयरले भने, ‘फर्किएका युवा अब विदेश जाँदैनन्’

पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना संक्रमणका कारण मुलुक फर्किएका र फर्कन खोजेका युवाहरु अब रोजगारीका लागि अन्य विदेश नजाने गरी यहिं काम गर्न सकिने बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट विगत १० दिनदेखि नियमित रुपमा स्थानीय सरकार प्रमुखहरुसँग बहस गर्दै आएको टेलिभिजन श्रृंखला ‘युद्ध कोरोनाविरुद्ध’मा बोल्दै मेयरहरुले यस्तो बताउनुभएको हो । ठाकुरबाबा नगरपालिकाका मेयर घन नारायण श्रेष्ठले भन्नुभयो, ‘यो जटिलताले राम्रै पाठ सिकाएको छ ।’ श्रेष्ठको कुरामा थप्दै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले भन्नुभयो, ‘हामीले योजना नै तयार गर्न थालिसकेका छौं ।’

View More निराशाबीच आशाको उद्घोष : पाँच प्रदेशका पाँच मेयरले भने, ‘फर्किएका युवा अब विदेश जाँदैनन्’

८ सय विपन्न परिवारलाई ठाकुरबाबाको राहत, १४ जना क्वारेन्टाइनमा

राहत वितरण प्रणालीलाई चुस्त बनाउन मापदण्ड बनाईएको र सोमवारसम्म ८ सय घर परिवारलाई चामल, दाल, तेल, नुनलगायतका खाद्य साम्रगी वितरण गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।कोरोना भाइरसको संक्रमणको शंका लागेकाहरुलाई राख्न नगरले ५० बेडको क्वारेन्टाईन समेत बनाइसकेको छ । हाल क्वारेन्टाईनमा १४ जना व्यक्ती रहेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

View More ८ सय विपन्न परिवारलाई ठाकुरबाबाको राहत, १४ जना क्वारेन्टाइनमा

भारत र तेस्रो मुलुकबाट आएकासहित १ सय ९० जनालाई क्वारेन्टाईनमा राखियो

लकडाउन भन्दा १५ दिन पहिले भारत र तेस्रो मुलुकबाट नगर प्रवेश गरेका १ सय चालिस जनाको पहिचान गरी त्यस्ता व्यक्तिलाई होम क्वारेन्टाइनमा राखीएको हो । त्यसतै लकडाउनको समयमा भारत र तेस्रो मुलुकबाट आएका ५२ जनालाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

View More भारत र तेस्रो मुलुकबाट आएकासहित १ सय ९० जनालाई क्वारेन्टाईनमा राखियो

सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचना

ठाकुरबाबा नगरपालीकाले सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ । एम .आइ. एस अपरेटर र फिल्ड सहायक पदको संक्षिप्त सूचिमा परेका उम्मेदवारहरुको सीप…

View More सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचना