एकल महिलालाई सोलार सेट वितरण

एकल महिलासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत नलगाड नगरपालिकाले एकल महिलाहरुलाई सोलार सेट वितरण गरेको छ ।

View More एकल महिलालाई सोलार सेट वितरण

भेरीका मेयर कुट्पिट गर्ने शाही पार्टीबाट निस्कासित, मेयर भन्छन्– युवा बिग्रिए देश बिग्रन्छ, सहीमार्गमा ल्याउने जिम्मा हाम्रै हो

भेरी नगरपालिकाका मेयर सिपि घर्तीले भन्नुभयो, ‘कम्युनिष्ट भएर गैरकम्युनिष्ट चरित्र प्रदर्शन गर्नेहरुलाई शुद्धिकरण गर्न संगठनले गरेको यो कारवाही प्रक्रियालाई धन्यवाद दिन्छु ।’ उहाँले वर्तमान युवा पुस्ता बिग्रँदै गए देश बिग्रने भन्दै युवाहरुलाई सहि मार्गमा ल्याउने जिम्मा आफुहरुकै रहेको बताउनुभयो । मेयर घर्तीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘लोभ, लालच, पाखुरीबल भन्दामाथि उठेर उत्पादन र विकासमा युवालाई लगाउन हिजोदेखि गर्दै आएको प्रयत्नलाई आगामी दिनमा थप सशक्त बनाउनेछु ।’

View More भेरीका मेयर कुट्पिट गर्ने शाही पार्टीबाट निस्कासित, मेयर भन्छन्– युवा बिग्रिए देश बिग्रन्छ, सहीमार्गमा ल्याउने जिम्मा हाम्रै हो

भेरी अपडेट: मेयरद्वारा ४ जना विरुद्ध जाहेरी, नगरपालिका संघद्वारा तत्काल कारवाहीको माग (विज्ञप्ति सहित)

कर्णाली प्रदेशको भेरी नगरपालिकाका मेयर सिपि घर्ती मगरमाथी हातपात गर्ने ४ जनाविरुद्ध मेयरले जाहेरी दिएका छन् । मेयर घर्तीले आज विहान ११ बजे जिल्ला प्रहरी कार्यालय जाजरकोटमा जाहेरी दिएको डिएस्पी किशोर श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More भेरी अपडेट: मेयरद्वारा ४ जना विरुद्ध जाहेरी, नगरपालिका संघद्वारा तत्काल कारवाहीको माग (विज्ञप्ति सहित)

मेयर कुटपिटको विषयमा नगरपालिका संघ मौन, भेरीका मेयरमाथी हातपात हुनुको कारण त यस्तो पो रहेछ …

मेयर घर्ती भन्नुहुन्छ, ‘म मेयर हुँ, अहिले नेकपाको मात्रै होइन, सबैको मेयर हुँ, म विधि र प्रक्रियामा चल्नुपर्छ, हामीसँग कार्यपालिका छ, त्यहाँबाट निर्णय गराएर काम गर्नुपर्छ, विधि र प्रक्रिया नमान्ने र आफ्नै स्वार्थ मात्र हेर्नेहरुको धम्कीले म हिजो पनि डराईन र भोली पनि डराउँदिन ।’

View More मेयर कुटपिटको विषयमा नगरपालिका संघ मौन, भेरीका मेयरमाथी हातपात हुनुको कारण त यस्तो पो रहेछ …

पाँच प्रदेशका पाँच मेयरकोे संघ र प्रदेश सरकारलाई प्रश्न, ‘खै पिपिई ? खै बजेट ? खै समन्वय ?’

संघ र प्रदेश सरकारले आवश्यकता अनुसारको सहयोग नगरेको स्थानीय सरकार प्रमुख ‘मेयर’हरुले गुनासो गरेका छन् । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन विहान ८ः३० र १०ः३० बजे प्रशारण भइरहेको कोरोना विशेष श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को पाँचौं श्रृंखलामा सहभागी मेयरहरुले यस्तो प्रश्न गरेका हुन् ।

View More पाँच प्रदेशका पाँच मेयरकोे संघ र प्रदेश सरकारलाई प्रश्न, ‘खै पिपिई ? खै बजेट ? खै समन्वय ?’

हरिवन नगरले खडा गर्यो २५ लाखको प्रकोप व्यवस्थापन कोष

नगरपालिकाले लकडाउनबाट प्रभावित नगरवासीलाई राहत प्रदान गर्न निर्माण गरेको प्रकोप व्यवस्थापन कोषमा २५ लाख रुपैया भन्दा बढी संकलन भईसकेको छ । कोषमा नगरपालिकाका मेयर, उपमेयरले पचास–पचास हजार र नगरपालिकाका कर्मचारीहरुले एक महिनाको तलब सहयोग गरेका छन् ।

View More हरिवन नगरले खडा गर्यो २५ लाखको प्रकोप व्यवस्थापन कोष

कर्णालीका मेयरको व्यथा: ‘सरकार ! म लकडाउनमा परें, जनता आत्तिसके मलाई घर जान देऊ’

अत्यन्तै विकट कर्णालीको छेडागाड नगरपालिकामा ‘छ’ भन्ने कुरा केहि छैन । सबै छैन । औषधी र केही सामान्य उपकरण माग्दा पनि न मन्त्रालय छ भन्छ, न विभाग छ भन्छ । मेयर महतराले भने, ‘स्वास्थ्य मन्त्रीज्यूले भोलिसम्ममा केहि हुन्छ भनेर त भन्नुभएको छ, खाली हात कसरी जानु, उता अभावै अभाव छ ।’

View More कर्णालीका मेयरको व्यथा: ‘सरकार ! म लकडाउनमा परें, जनता आत्तिसके मलाई घर जान देऊ’

भेरी नगरपालिकाले गर्यो अपाङ्गता परिचयपत्र वितरण

यातायातकोे सहज पहुँच नभएका कारण सदरमुकाम सम्म पुग्न नसक्दा परिचयपत्र नबनाएका व्यक्तिहरु पहिलोपटक परिचयपत्र पाएपछि दंग परेका छन् ।

View More भेरी नगरपालिकाले गर्यो अपाङ्गता परिचयपत्र वितरण

कराँतेको ‘जज ए’ पाउने पहिलो मेयर

भनिन्छ खेल खेल्नु स्वास्थ्यका लागि अत्यान्तै राम्रो हो । खेल खेल्नका लागि कुनै उमेर समुह चाहिंदैन् । त्यस्तै मानिसलाई खेल खेल्न न कुनै कामले रोक्छ न स्वास्थ्यले नै रोक्छ । त्यसैले पछिल्लो समय विभिन्न पेसा तथा उमेरका मानिसहरुले कुनैपनि खेलमा सफलता पाइरहेको खबरहरु प्रसस्तै पढ्न र सुन्न पाइन्छ ।

View More कराँतेको ‘जज ए’ पाउने पहिलो मेयर

भेरी नगरपालिकाका ४४५३ विद्यार्थीलाई जापानी झोला वितरण

युमी नेपाल, जापानको सहयोग र भेरी नगरपालिकाको समन्वयमा नगरपालिका अन्तर्गत सामुदायीक विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहलाई झोला वितरण गरिएको छ ।

View More भेरी नगरपालिकाका ४४५३ विद्यार्थीलाई जापानी झोला वितरण