एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)

हामीले गतवर्ष र अहिलेको तुलना गर्दाखेरी यसपटक गुनासाहरुको मात्रा घटेको छ ।विकासका चाहना र आवश्यक्ता असिमित छन् । तिं सबै चीजलाई सम्बोधन गर्न सकिँदैन । तर विगतको तुलनामा अहिले कम हुदै गएका छन् ।

View More एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)

प्रधानमन्त्रीलाई आग्रह गर्दै गौरादहका मेयरले भने, ‘उहाँ आफैंले भोगेको नदी कटानको पीडा पक्कै सम्बोधन गर्नुहोला’ (भिडियो सहित)

जनताको घरमा जाँदा आँखाबाट आँशु झर्छ । नगरस्तरबाट गर्न सकिंदैन । हेरेर रुनू बाहेक अरु के नै गर्न सकिन्छ र ? म गाउँमा जाँदा उहाँहरुले प्रमुख समस्या यहि नदी कटानको देखाउनुहुन्छ । मलाई पनि एकदमै पीडा बोध हुन्छ ।

View More प्रधानमन्त्रीलाई आग्रह गर्दै गौरादहका मेयरले भने, ‘उहाँ आफैंले भोगेको नदी कटानको पीडा पक्कै सम्बोधन गर्नुहोला’ (भिडियो सहित)

म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

अहिले हामीले १ करोड बाइस लाख रकम नगर र प्रदेश सरकारबाट ६८ लाख गरी जम्मा १ करोड नब्बे लाख बिनियोजन गरेका छौं । जुन रकमबाट टीन किनेर जुन जनताको घरमा खरको छानो छ त्यो मुक्त गराउनमा प्रयोग गर्ने भनेर निर्णय गरेका छौं । अब केही समय पछि हामीले कार्यबिधी बनाएर यसलाई बाढ्छौँ ।

View More म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)

सम्पन्न वर्ग, मध्यम वर्गलाई साथमा लिएर गरिबलाई धनी बनाउने नै अन्तीम लक्ष्य हुन्छ । त्यसोभएको हुनाले मैले चाँही मेरो नेतृत्व रहुन्जेलसम्म छिटो भन्दा छिटो बाग्मती नगरपालिकालाई शहर बनाउने, बागमती नगरपालिका भित्र रहेका गरिब, दुखी, सुकुम्बासीहरुलाई धनी बनाउने उद्धेश्य सहितका योजनाहरु बन्छ र अगाडि बढ्छ ।

View More बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)

भुईँचालोले थलीएको नगर तङ्ग्रीएर चलायमान भएको छः मेयर तामाङ (भिडियो सहित)

नोकर र सेवक एउटै पनि हो । किनकी अब सेवक पनि हो तर सेवकले मात्र पुग्दैन । नोकर भएपछि दायित्व पुरा गर्छ त्यहाँ । मालिकलाई खुशी पार्नको लागि आफ्नो दायित्व पुरा गर्छ ।

View More भुईँचालोले थलीएको नगर तङ्ग्रीएर चलायमान भएको छः मेयर तामाङ (भिडियो सहित)

कामको सवालमा आफ्नै बुवासँग पनि सम्झौता गर्दिन: मेयर शाह (भिडियोसहित)

स्वभाविक रुपमा कामका सन्दर्भमा म कसैसँग सम्झौता गर्दिन । चाहे त्यो ठाउँमा मेरो बुबा नै कीन नहोस् त्यो मेरो स्वभाव हो । सही कुराको लागि म हठी कस्छु नै । त्यसको लागि जे सुकै गर्न परोस् । यथार्थ कुराबाट कहिल्यै पछि हट्दैन ।

View More कामको सवालमा आफ्नै बुवासँग पनि सम्झौता गर्दिन: मेयर शाह (भिडियोसहित)

उपमेयरको आवाज नसुन्ने प्रसासकिय प्रमुख तीन महिना पनि टिक्दैनन् : उपमेयर कार्की

संविधानले जुन लिङ्गको आधारमा मेयर र उपमेयरमध्ये  एकजना महिला र प्रत्येक वडामा २ जना महिलाहरु भनेर नल्याएको भए अहिले हाम्रो स्थानिय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुँदैन थियो । कानुनले नै किटान गरेपछि चाँही कार्यन्वयन हुन्छ भन्ने कुरामा चाँही हामी विश्वस्त छौँ ।

View More उपमेयरको आवाज नसुन्ने प्रसासकिय प्रमुख तीन महिना पनि टिक्दैनन् : उपमेयर कार्की

रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !

कुनैपनि काम गर्नलाई समय लाग्छ । प्रतिफल पाउनलाई पनि समय लाग्छ । त्यसकारणले हामी एउटा मार्गदर्शनका साथ अगाडि बढेको अवस्था छ त्यसैले नागरिकहरुलाइ नआँत्तीन र हामी एउटा समृद्ध नगर बनाउन एउटा रणनितिक योजना बनाइसकेका छौँ ।

View More रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !

नागरिकको अस्पताल आउने स्थिति नहुँदा मैले स्कर्पियो चढ्नु अनावश्यक हो : उपमेयर पोखरेल

नागरिकको विरामी भएको अवस्थामा अस्पताल ल्याउने अवस्था छैन भने मैले चाँही स्कर्पियो गाडि चढेर हिँड्नु पनि अनावश्यक हो भनेर म विहान बेलुका घरबाट कार्यालय जाँदा आउँदा सार्वजनिक बसमा नै आउने जाने गर्छु ।

View More नागरिकको अस्पताल आउने स्थिति नहुँदा मैले स्कर्पियो चढ्नु अनावश्यक हो : उपमेयर पोखरेल

नगरभित्रका सबै बाटो कालोपत्रे हुन्छ : उपमेयर पौडेल

अहिलेको हाम्रो समसामायिक परिस्थितिलाई हेर्ने हो भने राज्यले दिएको अधिकार के हो ? हामीले कसरी उपयोग गर्ने ? त्यतातिर हाम्रो ध्यान जानु भन्दा पनि नगरमा बजेट कति आयो, मेयरले कति चलायो, यसले कति खायो, मलाई दिएन भन्ने हिसाब गर्दा खेरि त्यहाँनिर विवादको सृजना भएको हो ।

View More नगरभित्रका सबै बाटो कालोपत्रे हुन्छ : उपमेयर पौडेल