विभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)

केन्द्रिय तहबाट बहिष्करणमा परेको भन्दै बर्षाैंदेखि स्वशासनको माग गर्दै आएको मधेशले संघीयतासँगै अधिकार र बजेट दुवै पाएको छ । स्थानीय सरकारको निर्वाचनपछि मधेशले गरेको अपेक्षा र त्यसको पूर्णता प्रदान गर्न कर्मचारीतन्त्रले खलेको भूमिकाका विषयमा २ नं. प्रदेशअन्तर्गत महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेसँग मेयर खबर प्रतिनिधि सन्तोष पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

View More विभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)

कोरोनाको कहरपछि स्थानीय सरकारका प्राथमिकता तथा जिम्मेवारीहरु

जनतासँग बाचा गरेर विकासको नेतृत्व गर्न निर्वाचित स्थानीय सरकार यतिबेला कोरोना संक्रमण नियन्त्रण गर्न अहोरात्र खटिरहेको छ । कोरोना प्रभावबाट बाहिर निकाल्न हरसम्भव प्रयत्न गरिरहेको स्थानीय सरकारका लागि यसपटकको बजेट फलामको च्यूरा बन्ने निश्चित छ । त्यसो अब प्राथमिकता र त्यसअनुरुपको बजेट विनियोजन कसरी त ? भन्ने प्रश्न सबै सरकारका अगाडि तेर्सिएको छ । थोरै भएपनि स्थानीय सरकारको बजेट, योजना तथा प्राथमिकताबारे सहजीकरण गर्ने उद्देश्यले लेखक ध्रुवराज आचार्यले यो आलेख तयार पार्नुभएको हो । संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि प्राप्त भएको यो आलेखमा समावेश गरिएका कतिपय विषय सरकारका नीति तथा कार्यक्रममा समेत प्रतिविम्बित हुनुले यो लेखको अपरिहार्यतालाई थप पुष्टि गरिदिएको छ । यहि आलेखलाई आजको अग्रलेखका रुपमा मेयर खबरमा प्रकाशित छ ।

View More कोरोनाको कहरपछि स्थानीय सरकारका प्राथमिकता तथा जिम्मेवारीहरु

जनताका लागि राहत : क्षतिपुर्ती होइन, नागरिक सुरक्षा हो

विपद कोषबाट बजेट विनियोजन गरी सानातिना विकास कार्य अघि बढाउँदा मागेर खान होइन, श्रम गरेर पारिश्रमिक लिने स्वाभिमान प्रवद्र्धन हुन्छ । विपन्न परिवारका सुत्केरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा सम्बन्धी विषेश व्यवस्था गर्न सकिन्छ ।

View More जनताका लागि राहत : क्षतिपुर्ती होइन, नागरिक सुरक्षा हो

कोरोना संकटमा देश, अग्निपरीक्षामा स्थानीय सरकार

राज्य प्रणालीको दोष सामान्य जनताले भोग्नु पर्यो । आज देशका कुनै पनि जनतप्रतिनिधि हात बाँधेर बसेका छैनन् । मेयर, उप–मेयर, वडाध्यक्ष, वडासदस्य सबै जनताको घर–घरमा सुख दुख सोधिरहेका छन्, कसरी जनताको पिडामा मल्हम लगाउने भन्ने ध्याउन्नमा छन् । नयाँ–नयाँ राहत कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् ।

View More कोरोना संकटमा देश, अग्निपरीक्षामा स्थानीय सरकार

कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका

यस संक्रमणबाट नागार्जुन नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि नगरपालिका समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न कटिबद्ध छ । कोरोना भाइरस अर्थात कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाच गर्न ढिलासुस्ती, हेलचक्रयाई नगरी सचेत नागरिक भुमिका निर्वाह गरौं ।

View More कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका

कोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका

चीनको वुहानबाट संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) दूषित तरल र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेइ प्रान्तबाट सुरु भएको यो नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा समेत हालसम्म ९ जनामा भेटिएको छ ।

View More कोरोना भाइरस : उपचार र नियन्त्रणमा स्थानीय तहको भूमिका

मेयर साहेब ! नगरबासीलाई कोरोनासँगको युद्ध जीताउनुस्, फेरी अर्को चुनाव जित्नुहुनेछ

आफ्नो सुरक्षालाई समेत उच्च प्राथमीकतामा राखी नगरबासीलाई कोरोनासँग लड्नसक्ने इच्छाशक्ति, चेतनाको विकास, सरक्षाका सामग्री र विपन्न वर्गको चुलो ननिभ्ने अवस्था सिर्जना गर्न यदि मेयरज्यूहरु सफल हुनुभयो भने जनताले कोरोनालाई जित्नेछन् । तपाईँहरुले फेरी अर्को चुनाव जित्नुहुनेछ ।

View More मेयर साहेब ! नगरबासीलाई कोरोनासँगको युद्ध जीताउनुस्, फेरी अर्को चुनाव जित्नुहुनेछ

विकाशोन्मुख नगर, कोरोना र आशा

आशाा छ, अब सरोज भण्डारी, उनका साथी र भोलीका सन्ततीले आफ्नै जन्मभूमीमा जीवन देख्नेछन् । उर्लाबारीका सन्तोष शिवाकोटीको जमीन पनि सिंचित हुनेछ र बाह्रै महिना उत्पादनमा लाग्नेछन् । अनी पाटन नगरपालिकाका ति दशरथ चन्दको भविष्य पनि अब यहीँ हुर्किनेछ ।

View More विकाशोन्मुख नगर, कोरोना र आशा

महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

शिक्षा, क्षमता र पदिय पहुँचको अग्रपंक्तिमा गनीएका महिलाको स्थिति नै यस्तो छ भने आम सर्वसाधारण महिलाको अवस्था हामी सजिलै अनुमान गर्नसक्छौँ । फेरीपनि समाजलाई गलत के थियो र सहि के हो भन्ने यथार्थको अुनमुती गराउने जिम्मेवारी उपमेयरकै हो । किनकी महिलाको आवाज संस्थागत गर्नकै लागी संविधानले महिला नेतृत्वमा पुग्ने सहज बाटोको व्यवस्था गरिदिएको हो ।

View More महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

श्यामस्वेत अनुहारमा रंग भर्दै रंगेलीका मेयर अग्रवाल (भिडियो सहित)

एकदिन मेयरले वडा कार्यालयबाहिर साँझपख थुपै मानिस हातमा मोबाईल लिएर उभिरहेको देखे । वडा कार्यालयको ‘फ्रि वाईफाई’ को माध्यमबाट विदेशमा रहेका श्रीमान्सँग भिडियो च्याट गरिरहेका थिए, स्थानीय महिलाहरु । यति मात्र होइन, एकदिन त वाईफाई नचल्दा ४ नंं वडा कार्यालयको झ्याल नै फुटाएर स्थानीयले वाईफाई चलाएको घट्ना पनि रहेछ ।

View More श्यामस्वेत अनुहारमा रंग भर्दै रंगेलीका मेयर अग्रवाल (भिडियो सहित)