युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

तीन प्रदेशका मेयरहरुले कोरोना विरुद्धको युद्धमा स्थानीय सरकार अहोरात्र खटेर संघीय सरकारको नाक जोगाईदिएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३६ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताले भेट्ने सरकार भएकाले सबै स्थानीय सरकारले काँध थापिदिएको बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

यहाँ उभिएर …

पहिलोपटक सगरमाथा चुचुरो चुमेका एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा अहिले भएका भए सोध्न हुन्थ्यो– पहिलोपटक बाटो पहिल्याउँदै लक्ष्य चुम्न कति कठिन छ ? चन्द्रमामा पुगेका निल आर्मस्ट्रङ जिउँदा भएका भए सोध्न हुन्थ्यो, असम्भव प्रायः लाग्ने त्यो यात्रा कसरी सम्भव भयो ? तर, ति कोही छैनन्, जसले कठिन यात्रा पार गरे । आज उनैले पहिल्याएको बाटोमा हिंडिरहेकालाई के सोध्नु र खै ! कवि टि.पी.शर्मा तिमल्सिना पनि यस्ता यात्री हुन्, जो बर्षाैंदेखिको अनुभव र विद्धताबाट एउटा छुट्टै सत्मार्ग निर्माण गर्ने अभियानमा छन् । कहिले काहीं एकोहोरिएका बेला झन् गहिरिन्छन्, र लेख्छन् एउटा कविता । उनका कवितामा उनको होइन, आम जीवन भेटिन्छ । त्यस्तै एउटा अर्काे कविता ‘यहाँ उभिएर…’ आजको मेयर खबरको शनिवारीय साहित्यमा समावेश गरेका छौं ।

View More यहाँ उभिएर …

युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

पाँच प्रदेशका पाँच मेयरहरुले नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै कमि नगरेको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको १९ औं श्रृंखलामा बोल्दै मेयरहरुले संघीय सरकारले बजेट नदिएको गुनासो गर्दै यदि जटिल अवस्था आए विकास बजेट खर्च गरेर भएपनि स्वास्थ्यमा सम्झौता हुन नसक्ने बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

विराटनगरले ‘जा’ भन्यो, काठमाडौंले ‘उतै जा’ भन्यो, मेयर भन्छन्, ‘काठमाडौंले हेप्यो’ (भिडियो सहित)

यो समाचार तयार पार्दा सम्म पनि विराटनगरबाट काठमाडौं आएका यात्रुहरु नागढुंगामै अलपत्र अवस्थामा रहेका छन् । अहिले बेलुकी ६ः१५ मा सम्पर्कमा आउनुभएका ६४ बर्षिय प्रमोद पोखरेल र उहाँकी श्रीमती निलम पोखरेल चिसो पिंढीमा बसिरहनुभएको छ । अब के हुने हो भन्ने कुनै जानकारीसम्म पनि सरकारले नदिएको पोखरेल दम्पत्तिको भनाई छ ।

View More विराटनगरले ‘जा’ भन्यो, काठमाडौंले ‘उतै जा’ भन्यो, मेयर भन्छन्, ‘काठमाडौंले हेप्यो’ (भिडियो सहित)

मेयर कुटपिटको विषयमा नगरपालिका संघ मौन, भेरीका मेयरमाथी हातपात हुनुको कारण त यस्तो पो रहेछ …

मेयर घर्ती भन्नुहुन्छ, ‘म मेयर हुँ, अहिले नेकपाको मात्रै होइन, सबैको मेयर हुँ, म विधि र प्रक्रियामा चल्नुपर्छ, हामीसँग कार्यपालिका छ, त्यहाँबाट निर्णय गराएर काम गर्नुपर्छ, विधि र प्रक्रिया नमान्ने र आफ्नै स्वार्थ मात्र हेर्नेहरुको धम्कीले म हिजो पनि डराईन र भोली पनि डराउँदिन ।’

View More मेयर कुटपिटको विषयमा नगरपालिका संघ मौन, भेरीका मेयरमाथी हातपात हुनुको कारण त यस्तो पो रहेछ …

निराशाबीच आशाको उद्घोष : पाँच प्रदेशका पाँच मेयरले भने, ‘फर्किएका युवा अब विदेश जाँदैनन्’

पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना संक्रमणका कारण मुलुक फर्किएका र फर्कन खोजेका युवाहरु अब रोजगारीका लागि अन्य विदेश नजाने गरी यहिं काम गर्न सकिने बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट विगत १० दिनदेखि नियमित रुपमा स्थानीय सरकार प्रमुखहरुसँग बहस गर्दै आएको टेलिभिजन श्रृंखला ‘युद्ध कोरोनाविरुद्ध’मा बोल्दै मेयरहरुले यस्तो बताउनुभएको हो । ठाकुरबाबा नगरपालिकाका मेयर घन नारायण श्रेष्ठले भन्नुभयो, ‘यो जटिलताले राम्रै पाठ सिकाएको छ ।’ श्रेष्ठको कुरामा थप्दै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले भन्नुभयो, ‘हामीले योजना नै तयार गर्न थालिसकेका छौं ।’

View More निराशाबीच आशाको उद्घोष : पाँच प्रदेशका पाँच मेयरले भने, ‘फर्किएका युवा अब विदेश जाँदैनन्’

पाँच नगरपालिकाका (महिला) मेयरको निचोड, ‘जनतालाई सहयोग र सुरक्षामा सम्झौता हुँदैन’

पाँच नगरपालिकाका (महिला) मेयरहरुले जनतालाई अत्यावश्यक हरेक अवस्थामा सहयोग गर्नु र स्वास्थ्य सुरक्षामा सचेत रहनु आफुहरुको पहिलो र अन्तिम प्राथमिकता एउटै भएको बताउनुभएको छ ।

View More पाँच नगरपालिकाका (महिला) मेयरको निचोड, ‘जनतालाई सहयोग र सुरक्षामा सम्झौता हुँदैन’

कोरोनाविरुद्धको युद्धभूमिका ति मेयर … !

… ए बाबा कुन दिनमा मेयर भएछु, रोटी लेउ हो, रोटी । … ए दाइ, मैले बुझे, तपाईं त खानपुग्ने हो नि । त्यो त असहाय र श्रमिक मजदुरलाई हो क्या । …मलाई चिन्नुभएन ? तपाईंको नगरपालिकामा युवाहरूले लकडाउन उल्लंघन गरेको, जनता बजारमा हुलमुल गरेर बसेका छन् रे बताउनुस किन यस्तो भयो ? अनि राहत बितरणको अवस्था के छ ? …

View More कोरोनाविरुद्धको युद्धभूमिका ति मेयर … !

बिर्तामोडका मेयर शिवाकोटीको आज : नागरिकलाई घरमै सामाग्री पुर्याउने निर्णय भएको दिन

ईटहरी पूर्वको ‘हब’को रुपमा रहेको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटी फरासिला मेयर हुन् । मनमा कुनै कुरा राख्दैनन्, लागेको कुरा फ्याट्टै भनिहाल्छन् । उस्तै पत्रकारका लागि त ठूलो मसला बन्न सक्छन्, मेयर शिवाकोटी । तर, नियत सफा राखेर लागेको कुरा स्पष्ट राख्ने मेयरका रुपमा चिनिएका उनै शिवकोटीको ‘आज’ कस्तो रह्यो त ? कोरोनाको त्रास बढिरहेका बेला मेयर खबरले राखेको चासोपछि मेयरको प्रतिक्रिया कस्तो रह्यो ?

View More बिर्तामोडका मेयर शिवाकोटीको आज : नागरिकलाई घरमै सामाग्री पुर्याउने निर्णय भएको दिन

‘मुसीकोटलाई कफीको हव बनाउछौं’: मेयर सापकोटा

उहाँ सदा झैं नित्यकर्म सकेर दुध र घरमा आवश्यक सर समान किन्न बजार जानुभयो । घर पुगेर धर्मपत्नीसँगै मिलेर खाजा पकाउनुभयो । उहाँलाई पकाउन औधी रुची लाग्छ रे । पकाउदै परिवारसँग भलाकुसारी गर्ने समयको रुपमा समेत यसलाई सदुयोग गर्दै आउनु भएको रहेछ ।

View More ‘मुसीकोटलाई कफीको हव बनाउछौं’: मेयर सापकोटा