कवि मेयर तिमल्सिना लेख्नुहुन्छ– ‘…त्यतिमात्रै उफ्रिनु’

कहिले गडेरै च्वास्स बिझ्छ, कहिले झस्याङग भइन्छ त कहिले अत्यन्त प्रफुल्ल भइन्छ । यि अवस्थाहरु हुन्, जोकसैको जीवनमा पनि आउँछन् । अझ सबैको अभिभावकत्व लिएका नेतृत्वले पटक–पटक निरन्तर बेहोर्नुपर्दछ । जटिल परिस्थितीमा पनि आँटिएको नगरसभासँगै नमोबुद्ध नगरका मेयर टि.पी.शर्मा तिमल्सिनाले खै के सोच्नुभयो । र, लेख्नुभयो कविता ‘…त्यतिमात्रै उफ्रिनु’ । त्यहि कविता आजको मेयर साहित्यमा समावेश गरेका छौं ।

View More कवि मेयर तिमल्सिना लेख्नुहुन्छ– ‘…त्यतिमात्रै उफ्रिनु’

सबैको प्रश्न हुन्छ, काम कहिले देखिन्छ मेयरज्यू ?– मेयर शर्माले कवितामार्फत् यसो भने …

नेतृत्वले लिएका निर्णय कहिलेकाहीं निकै विरोधाभाष पनि हुने गर्छ । त्यस्तै भयो, नमोबुद्धका मेयर टिपी शर्मा तिमल्सिनाको पनि । केही दिनअघि मेयर शर्माले सूचना जारी गर्नभुयो, ‘भूकम्पपछि प्रयोगमा नआएका तर घरमै रहेका सामाग्रीहरु दिनुस्, हामी क्वारेन्टिनमा प्रयोग गर्छाैं ।’ सूचनालगत्तै अनेकथरी प्रतिक्रिया आए । ति प्रतिक्रियासँगै निराश बनेका मेयर साँझपख खुशी भए किनकी साँझसम्म ५० भन्दा बढी पलङ, सिरक, डस्ना, तकिया, तन्ना जम्मा भइसकेका थिए । मेयर शर्माले गरेको अपेक्षा पुरा भयो । त्यसैले, केही सिमित व्यक्तिका प्रतिक्रिया र अवरोधका पछि नलागी निरन्तर आफ्नो कर्तव्य पुरा गर्ने हो भने सफलता पछिपछि आउँछ भन्ने त्यहि निष्कर्ष साथ मेयर शर्माले कविता लेख्नुभयो र जन्मियो, ‘देखिन्छ कार्यको फल ।’ त्यहि कविता आजको मेयर खबरको ‘मेयर साहित्य’मा प्रकाशित छ ।

View More सबैको प्रश्न हुन्छ, काम कहिले देखिन्छ मेयरज्यू ?– मेयर शर्माले कवितामार्फत् यसो भने …

पाईला– समृद्धितिर…

‘तपाईंका बितेका तीन बर्ष कस्तो रह्यो’ भनेर नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनालाई सोध्नै पर्दैन । उनले लेखेको कविता ‘पाईला– समृद्धितिर’ तीनपटक पढे पुग्छ । स्वाभिमानसहितको विचारको राजनीतिमा खरिएका मेयर तिमल्सिना तीन बर्ष अगाडि एउटा भुङ्ग्रो फदाले । ति राता–ताता कोइला माथी संघर्ष गर्नुको विकल्प पनि थिएन, उनीसँग । लामो निष्ठावान् राजनीतिबाट उदाएका भएकैले उनका पैताला डढेनन्, बरु ति राता–ताता कोइला डढेर आज खरानी भए । मेयर तिमल्सिनाका तिनै तीन बर्षको अनुभुति सहितको सिर्जना ‘पाईला– समृद्धितिर’ आजको मेयर खबरको शनिवारीय साहित्यमा समावेश गरेका छौं ।

View More पाईला– समृद्धितिर…

यहाँ उभिएर …

पहिलोपटक सगरमाथा चुचुरो चुमेका एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा अहिले भएका भए सोध्न हुन्थ्यो– पहिलोपटक बाटो पहिल्याउँदै लक्ष्य चुम्न कति कठिन छ ? चन्द्रमामा पुगेका निल आर्मस्ट्रङ जिउँदा भएका भए सोध्न हुन्थ्यो, असम्भव प्रायः लाग्ने त्यो यात्रा कसरी सम्भव भयो ? तर, ति कोही छैनन्, जसले कठिन यात्रा पार गरे । आज उनैले पहिल्याएको बाटोमा हिंडिरहेकालाई के सोध्नु र खै ! कवि टि.पी.शर्मा तिमल्सिना पनि यस्ता यात्री हुन्, जो बर्षाैंदेखिको अनुभव र विद्धताबाट एउटा छुट्टै सत्मार्ग निर्माण गर्ने अभियानमा छन् । कहिले काहीं एकोहोरिएका बेला झन् गहिरिन्छन्, र लेख्छन् एउटा कविता । उनका कवितामा उनको होइन, आम जीवन भेटिन्छ । त्यस्तै एउटा अर्काे कविता ‘यहाँ उभिएर…’ आजको मेयर खबरको शनिवारीय साहित्यमा समावेश गरेका छौं ।

View More यहाँ उभिएर …

मेयर शर्माको ‘नियत’

एउटा कवि हुन सजिलो होला र । कतिपय प्रशासक भएर कवि भएका छन् । कति त राजनीतिज्ञ भएर अनि कवि भएका छन् । एउटा कवि जिज्ञासु हुन्छ, भावुक हुन्छ । त्यसैले त ‘अरु’ भएर कवि भएकाहरु भन्दा कवि भएर अनि ‘अरु’ भएकाहरुलाई संकट हुन्छ । लेखौं, अति गोप्य कुरा खुल्नेछन् । नलेखौं, भित्र रहेको कवित्वले हातमा कलम थमाईदिएर कपि अगाडि उभ्याईदिन्छ । अनि नचाहँदा नचाहँदै खाली कपि शब्दहरुले भरिन्छन् । तयार हुन्छ, फेरि आर्काे बेजोड कविता । त्यस्तै, कवि हुन्, टि.पी.शर्मा तिमल्सिना । उनी कविता लेख्न नचाहे पनि उनिभित्रको कवित्ले लेखाईदिन्छ । किनकी उनी पहिले कवि हुन्, अनि बल्ल नमोबुद्ध नगरका मेयर । कतिपय विषय नखोलौं भन्दा पनि खुल्छन्, पानाभरी छरपष्ट हुन्छन् । त्यसैगरी अनायास पोखिएको एउटा कविता ‘नियत’ आजको शनिवारीय साहित्यमा ।

View More मेयर शर्माको ‘नियत’

मेरो समय र म

‘लकडाउन’ यस्तो समय बन्यो, जसले हरेकलाई धरातलमा उभ्यिाईदियो । ‘लकडाउन’ले घरभित्रै बसेर विगत सम्झायो, वर्तमान नियालिदियोे अनि भविष्यप्रति घोत्लिन बाध्य बनायो । म कति भ्रममा रहेछु भन्ने बुझाईदियो । यस्तै, एउटा कवितामार्फत् लकडाउनको व्याख्या गर्नुभएको छ, कवि एवं नमोबुद्ध नगरपालिकाका मेयर टि.पी.शर्मा तिमल्सिनाले । आजको शनिबार साहित्यमा हामीले त्यहि ‘मेरो समय र म’ कविता समावेश गरेका छौं ।

View More मेरो समय र म

नोवेल कोरोना

‘बाहना’ हामी नेपालीहरुको अनन्य मित्र हो । कुनै पनि कामलाई टाल्नका लागि हामी सहजै मिल्दो जुल्दो बाहना खोजिहाल्छौं । अहिले त कोरोना छ । झन् सबैका लागि गतिलो बाहना बनेको छ । यदि कोरोनाले यो भन्दा अझ भयङ्कर रुप लियो भने हाम्रा लागि बाहना बनाउन झन् सजिलो हुनेछ । त्यसैले, कवि इन्द्र बस्याल भन्छन्, ‘कोराना– तिमी मेरो देशमा नछिर प्लिज !’ कवि बस्यालले खै के सन्दर्भमा लेखे, त्यो उनै जानुन् । तर, उनी आफैं पनि प्रशासक हुन् । हाल भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत बस्याल काम गर्न चाहन्छन्, त्यो पनि विना बाहाना । उनको त्यही ‘नोवेल कोरोना’ कवितालाई हामीले आजको शनिवारीय साहित्यमा समावेश गरेका छौं ।

View More नोवेल कोरोना

भूईमान्छे

हो, गरिवको कोही हुँदैन । यहि तथ्य सिद्ध गर्न खोज्नुभएका कवि इन्द्र बस्यालले कोरोना संक्रमण विश्वव्यापी बढिरहेका बेला एउटा आम मान्छेको सामान्य लक्ष्य, भोकसँगै टाँसिएको आशा, विवसताप्रतिको समर्पण र परिस्थितीप्रतिको त्यागलाई गहिरोसँग नियाल्ने कोशिस गर्नुभएको छ । साँच्चै, गरिवको कोही हुँदैन । उनै कवि बस्यालको कविता ‘भूईमान्छे’ प्रस्तुत गरिएको छ ।

View More भूईमान्छे

मौन युद्ध लडिरहेका नमोबुद्धका मेयर टि.पी.शर्माको ‘यो समय’

नमोबुद्ध नगरपालिकाका मेयर टि.पी.शर्मा तिमल्सिना उच्च मनोबल भएका इमान्दार मेयर हुन् भन्दा फरक पर्दैन । हुन त उनीप्रतिका चरणबद्ध लाञ्छना नलागेका होइनन् । विगतमा पत्रकारिता…

View More मौन युद्ध लडिरहेका नमोबुद्धका मेयर टि.पी.शर्माको ‘यो समय’