दिक्तेल रुपाकोटले खरका छाना हटाउने जस्तापाता टल्काउने

नगरपालिकाले खर हटाएर जस्तापाता लाउन ४५ गरिब घरपरिवारलाई केही दिन पहिले पहिलो चरणमा २५ हजार रुपैयाँ प्रदान गरेको मेयर दिपनारायण रिजालले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More दिक्तेल रुपाकोटले खरका छाना हटाउने जस्तापाता टल्काउने

कोभिड–१९ बाट सिर्जित समस्यालाई मध्यनजर गर्दै दिक्तेल रुपाकोटले बजेट ल्यायो

नगरपालिकाले नगर सभाबाट कुल बजेट रु ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाँको वजेट ल्याएको मेयर दिप नारायण रिजालले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More कोभिड–१९ बाट सिर्जित समस्यालाई मध्यनजर गर्दै दिक्तेल रुपाकोटले बजेट ल्यायो

विकास निर्माण र शैक्षिक गतिविधि संचालन गर्दै रुपाकोट मझुवागढी

जनप्रतिनिधीको एक महिनाको तलब भत्ता, कर्मचारीका लागि छुट्टाईएको भ्रमण तथा गोष्ठी खर्च र शिक्षकहरुको एक दिनको तलब कटाई रुपाकोट मझुवागढी नगरपालिकाले ४१ लाख ४० हजारको कोरोना विपद् राहत कोष स्थापना गरेको छ ।

View More विकास निर्माण र शैक्षिक गतिविधि संचालन गर्दै रुपाकोट मझुवागढी

पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको टेलिभिजन श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को २० औं श्रृंखलामा बोल्दै उपमेयरहरुले संघ र प्रदेश सरकारको आश गरुञ्जेल चिन्तामा रहेका जनता चितामा पुगिसक्ने भन्दै पीडा हेरेर नबसी तत्काल आवश्यक सहयोग गर्न स्थानीय सरकार प्रयत्नशिल रहेको बताउनुभएको हो ।

View More पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

पाँच प्रदेशका पाँच मेयरहरुले संघीय सरकारले पत्र र निर्देशन बाहेक केही नपठाएकोमा गुनासो गरेका छन् । तनहुँ जिल्लाको व्याँस नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेले भन्नुभयो, ‘स्थानीय सरकारले हुन्जेल त गर्ला तर यसरी यसरी गर्नु भन्ने अनि स्रोत स्थानीय सरकारले नै व्यवस्थापन गर्नु भन्ने निर्देशन मात्रै त किन चाहियो र ?’

View More पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

अलपत्र परेका नगरबासीको खोजी गर्दै हलेसी तुवाचुङ नगरपालिका

सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न चाहने आफ्ना नागरिकलाई घर ल्याउन नगरपालिकाले संघीय सरकारसँग पहल गरिरहेकाले खोजी शुरु गरेको हो ।

View More अलपत्र परेका नगरबासीको खोजी गर्दै हलेसी तुवाचुङ नगरपालिका

वृद्धाद्धारा वडा कार्यालय निर्माणका लागि पाँच रोपनी जग्गा दान

जग्गा अभावमा वडा कार्यालय भवन निर्माण गर्न कठिनाइ भएको अवस्थामा श्रेष्ठ परिवारलाई नयाँ भवन निर्माणका लागि निःशुल्क जग्गा दिन वडा कार्यालयले अनुरोध गरेको थियो ।वडासचिव चित्रकुमार सुवेदीे भन्नुहुन्छ, ‘उहाँले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क हाल्न लगाउनु भयो ।’

View More वृद्धाद्धारा वडा कार्यालय निर्माणका लागि पाँच रोपनी जग्गा दान

कक्षा २ मा अध्ययनरत बृद्धा सम्मनित

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कक्षा २ मा अध्ययनरत बृद्धालाई सम्मान गरेको छ । शिक्षालाई उमेरले छेक्दैन भन्दै ७६ वर्षको उमेरमा सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत जुरीमायाँ राईलाई सम्मान गरेको हो ।

View More कक्षा २ मा अध्ययनरत बृद्धा सम्मनित

सरस्वती माविमा ‘विद्यालय नर्सिङ’ कार्यक्रम सुरु

रुपाकोट मझुवागढी नगरपालिकाकाे सरस्वती माध्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो ।

View More सरस्वती माविमा ‘विद्यालय नर्सिङ’ कार्यक्रम सुरु

दिक्तेल बजार व्यवस्थित गर्न नगर कठोर बन्दै

बजारमा अधिकांश पुराना घर भत्काएर हाल नयाँ संरचनाका घर बनाउने क्रम बढेको छ । पटक–पटक सुझाव दिँदा पनि सम्बन्धित व्यक्तिले अटेर गरी निर्माण सामग्री तथा सवारीसाधन जथाभावी राख्ने गरेका कारण कठोर बनेर नियमानुसार कारवाहीमा उत्रने अवस्था आएको मेयर दीपनारायण रिजालले मेयर खबरलाई बताउनु भयो ।

View More दिक्तेल बजार व्यवस्थित गर्न नगर कठोर बन्दै