बेलकोटगढी नगरपालिकाले तयार पार्यो अन्य मुलुकबाट आएकाहरुको विवरण

मेयर खवरदाता, नुवाकोट २२ चैत । बेलकोटगढी नगरपालिकाले १३ वटै वडामा नेपाल बाहिरबाट आएका आफ्ना नगरबासी र तीनको अवस्थाबारे विस्तृत अध्ययनसहितको विवरण तयार पारेको छ…

View More बेलकोटगढी नगरपालिकाले तयार पार्यो अन्य मुलुकबाट आएकाहरुको विवरण

५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

विदुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाले धान दिवसको अवसरमा आइतबार गरेको कार्यक्रममा नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्रयाक्टर वितरण गरेको हो ।

View More ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

चौविसै घण्टा खुल्ने नगरपालिका, दिन रात खटिन्छन जनप्रतिनिधि र कर्मचारी (भिडियो सहित)

तपाइलाई लाग्न सक्छ कुनैकाम स्थानीय निकायबाट गर्नुपर्ने छ भने १० बजेदेखि ५ बजे भित्र पुग्नै पर्छ । तर तपाई नुवाकोटको बेलकोटगढी नगरपालिकाको बासिन्दा हुनुहुन्छ भने चौविसै घण्टा काम लिएर नगरपालिका जान सक्नुहुन्छ । तपाईको काम एकैछिनमा सम्पन्न हुन्छ ।

View More चौविसै घण्टा खुल्ने नगरपालिका, दिन रात खटिन्छन जनप्रतिनिधि र कर्मचारी (भिडियो सहित)

‘जनप्रतिनिधिहरुवीचको सामुहिक एजेण्डा र क्रियाशीलता सकारात्मक पक्ष हो’

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालको नजरमा नुवाकोट स्थित बेलकोटगढी नगरपालिका सम्भावना भएको तर पुर्वाधार तयार नभईसकेको नगरपालिका हो । कृषी, पर्यटन र यातायातको प्रयाप्त विकास हुन सके यस क्षेत्रको जीवनस्तर माथी उठ्ने लम्सालको बुझाई छ ।

View More ‘जनप्रतिनिधिहरुवीचको सामुहिक एजेण्डा र क्रियाशीलता सकारात्मक पक्ष हो’

बाटो त ल्याउनु भयो तर विद्यालयको ह्वाईट बोर्ड मेट्ने डस्टर कहिले आउँछ मेयरज्यू ?

‘मेयरज्यू, हाम्रो विद्यालयमा कम्प्युटर किन थुपारिएको हो ?’ आरुखर्क माध्यमिक विद्यालयका समिर तामाङ अचम्मित मुद्रामा प्रश्न गरिरहेका थिए । उताबाट अर्को प्रश्न आयो ‘हामीले कम्प्युटरको मुखै देख्न पाउदैनौ मेयरज्यू’ यो मञ्चकन्या आवासिय माविकी छात्रा लक्ष्मी लामाको गुनासो थियो । मेयरसँग आफ्नो समस्या राख्न ४ घण्टाको पैदल यात्रा गरेर आएका अधिकाँस बालबालिकाका यस्तो प्रश्न र गुनासो आइरहदा मेयर भने गम्भिर मुद्रामा सुनिरहेका थिए ।

View More बाटो त ल्याउनु भयो तर विद्यालयको ह्वाईट बोर्ड मेट्ने डस्टर कहिले आउँछ मेयरज्यू ?

बालबालिकाका प्रश्न खोज्न ‘बालबालिकासंग मेयर’टोली बेलकोटगढी जाने

मेयर खबरदाता, नुवाकोट
भौगोलिक रुपमा विकट, विकासमा पछाडी परेको नुवाकोटको बेलकोटगढी नरपालिकामा बालबालिकाको अवस्था कस्तो छ त ? बालबालिकाका अपेक्षा, आवश्यकता, के नगरपालिकाले पूरा गरेको छ त ? नगरपालिकाले बालबालिकाका लागी कस्ता कायक्रम संञ्चालन गरेको छ त ? यिनै विषयको सेरोफेरोमा रहेर नगर भित्रका बालबालिकाले मेयर राजेन्द्र रमण खनालसंग प्रत्यक्ष सम्वाद गर्दैछन् ।

View More बालबालिकाका प्रश्न खोज्न ‘बालबालिकासंग मेयर’टोली बेलकोटगढी जाने

सेवा प्रवाहमा सहजता ल्याउन आफ्नै भवनको शिलान्यस

मेयर खबरदाता, नुवाकोट
नुवाकोटको बेलकोटगढी नगरपालिकामा जम्मा १३ बटा वडा छन् । जसमा चार वटा वडा कार्यलयका मात्रै आफ्नै भवन छन्, बाँकी नौ वटा वडाहरु भाडाको भवनमा सञ्चालन भइरहेका छन् । गत २५ गते वडा न. १२ को भवन शिलान्यस गरेको नगरपालिकाले शुक्रबार वडा न. ९ को भवन शिलान्यस गरेको छ ।

View More सेवा प्रवाहमा सहजता ल्याउन आफ्नै भवनको शिलान्यस

वडाको भवन निर्माण गर्दै बेलकोटगढी नगरपालिका

मेयर खबरदाता, नुवाकोट
नुवाकोटको बेलकोटगढी नगरपालिकाले १२ नम्वर वडा कार्यालयको भवन निर्माण गर्ने भएको छ । आफ्नै भवन नहुदा स्थानीयलाई सेवा प्रवाह गर्न कठिनाई भएको भन्दै नगरपालिकाले यस आर्थिक वर्ष भित्र ४ वडा कार्यालयको भवन निर्माण गर्न लागीएको उपमेयर कविता ढुङ्गानाले जानकारी दिए ।

View More वडाको भवन निर्माण गर्दै बेलकोटगढी नगरपालिका

महिला सशक्तिकरण र बजेटको छलफलमै बित्यो समय

मेयर खबरदाता, नुवाकोट
नुवाकोट पहाडी जिल्ला भएता पनि विदुर नगरपालिकाले समथर भू भागदेखि पहाडी क्षेत्रलाई समेत ओगटेको छ । प्राचिन इतिहास बोकेको नुवाकोट विकासका दृष्टिले पछाडी थियो भन्ने यतिबेला जनताले बिर्सन लागिसके । किनकी नेपालको शासकीय संरचना परिवर्तनसंगै जब मेयरको रुपमा सन्जु पण्डित निर्वाचित भए, त्यसपछि विकासले गति लियो ।

View More महिला सशक्तिकरण र बजेटको छलफलमै बित्यो समय

‘पर्याप्त सहयोग पाएको छु’

स्पष्ट वक्ता कविता ढुंगाना बेलकोटगढी नगरपालिकाको उपमेयर मात्र होइनन्, उनी त नगरपालिका संघ कि उपाध्यक्ष समेत हुन् । उनी भन्छिन्, ‘म आफैं अधिवक्ता समेत भएकाले न्यायिक समितिको संयोजकमा काम गरिरहदा खासै समस्या छैन ।’मुद्दाका प्रकृतिबारे उनी भन्छिन्, ‘विशेषतः महिला हिंसाका कुराहरु, सम्बन्ध विच्छेद, असुरक्षा, सम्पत्तीको अधिकार लयायत अन्य अधिकारवाट बञ्चित महिलाहरुलाई हामीले न्याय दिने हिसावले काम गरिरहेका छौं ।’राजनीतिभन्दा माथि उठेर महिलाहरुको मुद्धा र मुद्धाको प्रकार हेर्न आवश्यक छ । दलभन्दा माथि उठेर महिलाका मुद्धालाई अघि बढाउनुपर्छ । उपमेयर ढुंगानाले भनिन्, ‘म न्यायिक समितिको संयोजक बनेपछि मुख्यतया महिलाहरुको मुद्धालाई अघि बढाउने काम गरिरहेको छु ।’ बेलकोट गढी नगरपालिका ठुलो र भर्खरै घोषणा गरिएको नगरपालिका भएकाले यसलाई व्यवस्थित बनाउँनुलाई उनले चुनौति ठानेकी छिन् । उनले महिला शसक्तीकरण, तालिम, उत्पादन र बजारिकणमा ध्यान दिने बताईन् ।

View More ‘पर्याप्त सहयोग पाएको छु’