मेयर चौधरीले दुई बालबालिकाको अविभावकत्व लिए

मेयर खबरदाता, उदयपुर

विद्यालय भर्ना अभियान चलिरहेकोबेला उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले दुई जना बालबालिकाको भविभावकत्व ग्रहण गरेका छन् । आर्थिक रुपमा पछाडी परेका रोजिना सेवा र रोहित सदाको अविभावकत्व लिएका हुन ।

त्रियुगा नपा ७ भण्टाबारी त्रियुगा इंग्लिस मेडियम सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा रोजिना सेवा लाई सिभिल इन्जिनियर सम्म पढाउने उनले बताएका छन । गरिबीका कारण चार जना  परिवारलाइ वर्ष भरि खान लाउन पनि नपुग्न उनका बुवा लोक ब. सेवाले बताए । पढाइमा रुचि देखाउने उनि पढाइमा जेहेन्दार रहेको उनका शिक्षकले बताए ।

त्यस्तै, कक्षा एक पास गरि आर्थिक अभाबको कारण विचैमा पढाई छोडेका १३ वर्षिय सदाको पनि उनले पढाई खर्चको जिम्मेवारी लिएका छन् । उनले जति पढ्न चाहन्छन त्यति नै पढाउने मेयरले बताए । सदाका बुवा रिक्सा चालक हुन । उनको दैनिक घर व्यवहार चलाउन पनि धौ धौ हुने उनका बुवाको भनाई छ ।

आइ. आइ.डि. द्वारा उत्पादित ‘बालबालिकासंग मेयर’ कार्यक्रमकको ६४ औंक छायांकनको क्रममा जिम्मेवारी लिएका हुन ।

2 Replies to “मेयर चौधरीले दुई बालबालिकाको अविभावकत्व लिए”

    1. हजुरहरूकाे सल्लाह सुझाबकाे अपेक्षा गर्दछाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *