प्रेरक मेयर जसको कामले विश्व मेयर पुरस्कार दिलायो

एजेन्सी

विश्व मेयर पुरस्कार २०१८ बाट इटालिका वेलेरिया म्यानसिनिले पुरस्कृत भएका छन् । इटालीको मार्च क्षेत्रभित्र रहेको एन्कोना नगरलाई आर्थिक दृष्टिकोणबाट समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेबापत मेयर म्यानसिनिलेलाई सम्मानित गरिएको हो ।

सन् २०१३ मा म्यानसिनिलेले नगरको कार्यभार सम्हाल्र्द गर्दा सबै जहाज निर्माण कम्पनीहरुले चरम आर्थिक समस्याको सामना गरिरहेका थिए । जसले शहरमा रहेका धेरै सानादेखी ठुलासम्म व्यवसायीहरुलाई असर परिरहेको थियो । यस्तै समस्याहरुको बिचमा नवनिर्वाचित मेयर म्यानसिनिलेले यि रुग्ण उद्योगहरुको पुनरुत्थानकालागि महत्वपुर्ण कार्य योजना सहित काम अघि बढाएका थिए । जसले रोमन इतिहासको समयलाई फिर्ता गराउने लक्ष्य राखिएको थियो ।

मेयर म्यानसिनिलेले नीजि, सार्वजनिक तथा श्रमिकहरुको समेत सहभागितामा शहर–शहर बिचको साझेदारी अभियान संचालन गरे ।

मेयरको उम्मेदवारी दिएसंगै चुनाव प्रचारप्रसारका क्रममा म्यानसिनिलेले त्यहाँका नागरिकहरुलाई आर्थिक चुनौतीहरु लगाएत त्यसका अवसर तथा आईपर्ने विभिन्न समस्याहरुको बारेमा जानकारी दिएका थिए । यद्यपी उनले अन्य कुनै आश्वासन या प्रतिवद्धता भने मतदातालाई दिएका थिएनन् ।

मेयरमा निर्वाचित भएपछि उनले सर्वप्रथम सडकहरुको पूर्ननिर्माण तथा व्यवस्थापन, पर्यटन क्षेत्रको सुधारकालागि हरियाली सहितको बंगैचाहरुको निर्माण र प्रसिद्ध समुद्री तटहरुमा थुप्रै पर्यटन आकर्षणकालागि भौतिक संरचानहरुको निमार्ण गरेका थिए । जसबाट उनले नागरिकहरुको साथ र सम्मान समेत पाए ।

पर्यटकिय प्रमुख गन्तव्यको रुपमा यो शहर स्थापित हुँदै गएपछि जहान निर्माण व्यवसायमा पनि क्रमिक सुधारका लक्षणहरु देखापर्दै गए । उनले संचालन गरेको अभियानले अनकोनाको पुरानै रोम सभ्यतालाई जिवित राख्नमा महत्वपूर्ण योगदान गरेको छ र आम नागरिकहरुमा पनि उनको हरेक कदममा विश्वास बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *