खैरहनी नगरमा दोश्रो मेयर कप

मेयर खबरदाता

चितवन । खैरहनी नगरपालिकाले दोश्रो मेयर कप फुटबल प्रतियोगिता  गर्ने भएको छ ।

नगरपालिकाको आयोजना तथा युवा स्वर्ण तारा क्लबको सह आयोजनामा जेष्ठ १६ गतेदेखि प्रतियाेगिता  सुरू हुनलागेकेा हाे । नगरका १३ वटा वडाकाे प्रतिनिधित्व हुने गरी एक एक टोलीको सहभागीता रहने सूचना प्रविधि अधिकृत सुरेश चाैधरीले बताउनुभयाे ।

प्रतियोगिता विजेताले नगद ५० हजार रुपैयासहित ट्रफी तथा उपविजेताले नगद २५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *