कुमरोजका जेष्ठ नागरिकलाइ गरियो सम्मन

मेयर खबरदाता

चितवन । खैरहनी नगरपालिका वडा नम्वर १२ कुमरोजमा ८० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई बुधबार सम्मान गरिएको छ ।

वडा नम्बर १२ को आर्थिक सहयोगमा मुस्कान महिला बचत तथा ऋण सहकारी संस्थाले ६० जना जेष्ठलाई सम्मान गरेको हो ।

नगरपालिकाकी उपमेयर सुनिता थपलियाले दोसल्ला ओढाई फलफुल, बिस्कुट, जुस प्रदान गर्नुभयो ।
जेष्ठ नगरिकलाइ १ हजार ३ सय रुपैयाँ समेत प्रदान गरिएको वडाध्यक्ष टिकाराम तिमल्सीनाले जानकारी दिनुभयो ।

मुस्कान सहकारीकी अध्यक्ष अम्बिका तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी २ का वडाध्यक्ष टिकाराम तिमल्सीना, प्रशासकीय अधिकृत प्रकासचन्द्र पौडेल, सहकारीकी अध्यक्ष अम्बिका तिमल्सीना लगायतके उपस्थिति थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *