‘दुई वर्षभित्र १४ वटै वडा झलमल्ल बनाउँछुु’- मेयर राउत

प्रदेश नम्बर ३ अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका मेयर घनश्याम राउत जनताका आवश्यकता परिपूर्ती गर्ने सवालमा इमान्दारीताका साथ खटिरहनु भएको छ ।

जेष्ठ ७ गते निर्वाचित भएको २ वर्ष पुग्दा विद्युतको पहुँच नपुगेका नगरपालिकाको वडा नम्बर १ र २ का पहाडी भू-भागमा बत्ति पुगिसकेको छ । अँध्यारोलाई जित्न टुकीको सहारा लिने जनताले अहिले झलमल्ल विजुली बत्तीको उज्यालो पाएका छन् ।

नगरपालिकाको १२, १३ र १४ नम्बर वडाको पनि ५० प्रतिशत भू–भागमा विद्युतको पहुँच पुगिसकेको छ । मेयर राउतले अबको २ वर्ष भित्र नगरका सबै वडामा विद्युतको पहुँच पुग्नेगरी कार्य भइरहेको बताउनुभयो ।

विशेषगरी फलफुल, कृषि र पशुपालनको सम्भावना बोकेको नगरपालिकाका जनतालाई व्यवसायिक कृषि र पशुपालनमा केन्द्रित गर्ने कार्यक्रम संचालनमा ल्याउने तयारी भइरहेको छ । मेयर राउतले भन्नुभयो, ‘कमला नदी नियन्त्रणको लागि महत्वकांक्षी योजना कमला करिडोर निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ, भर्खरै आएको केन्द्र सरकारको यो वर्षको बजेटमा कमला करिडोर निर्माणका लागि बजेट छुट्याइँदा कार्य सम्पन्न गर्न थप सहज हुने अपेक्षा लिएको छु ।’

जतिखेर पनि जनताका समस्या सुन्न तयार उनै मयेर राउतसँग हामीले आजको दैनिकीबारे सोधेका थियौं ।

मेयर राउतको आजको दैनिकी
आज २२ जेष्ठ २०७६

मेयर राउत आज विहान ५ बजे उठ्नुभयो । नित्य कर्म सकेर ६ बजे नै नगरपालिका र शहरी विकासको सहकार्यमा मुसहर बस्तीमा बन्दै गरेको आवासको अनुमन गर्नुभयो । ‘बिहान ७ बजेदेखी ९ बजेसम्म ‘विश्व वातावरण दिवश’को आवसरमा आयोजित बृक्षारोपणमा सहभागी भएँ’ मेयर राउतले भन्नुभयो, ‘दुधौली बजारको सडकको दायाँ बायाँ बृक्षारोपण गरियो, विभिन्न विद्यालय र प्रहरी तालीम केन्द्रमा नगरापालिकाको तर्फबाट विरुवाहरु वितरण गरियो ।’

बृक्षारोपण सकेर १०ः३० मा खाना खाए लगत्तै मेयर राउत वडा नम्बर १० मा २८ करोड लागतमा निर्माणाधिन शहिद पार्कको अुनुगमनमा पुग्नुभयो । मेयर राउतका अनुसार व्यवस्थित पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने गरी शहिद पार्कको निर्माण भइरहेको छ । यसपछिको कार्यक्रम के तय भएको छ, भन्ने हाम्रो जिज्ञासामा उहाँले भन्नुभयो,‘प्रदेश र स्थानिय सरकारको सहयोगमा प्रविधियूक्त सामुहिक चक्लाबन्दी खेती शुरु हुँदैछ, सामुहिक चक्लाबन्दी खेतीको स्थलगत अवलोकनका लागि भोली कृर्षि मन्त्री र सांसदको टोली आउँदै हुनुहुन्छ, सोही कार्यक्रमको व्यवस्थापकीय तयारीको अवस्था बुझ्न त्यहाँ जाँदैछु ।’

त्यसपछि मेयर राउत वडा नम्बर १ स्थित कमला नदी नियन्त्रणका लागी स्थानियसँग छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ । उहाँले कमला नदीमा ड्याम बाध्नका लागी ठेक्का लागिसकेकाले निर्माण कार्यपनि छ्ट्टिै सञ्चालन हुने बताउनुभयो ।

मेयर राउत आज बेलुकी ७ बजे घर पुग्नु हुनेछ । ‘बिहान बेलुकी पनि जनता विभिन्न समस्या लिएर घरमा आउने गर्छन्’ उहाँले भन्नुभयो, ‘सरकारी कर्मचारी जस्तो १०–५ भन्न मिलेन, जनप्रतिनिधि भएकाले जनताका समस्या सुन्नैपर्यो, घरमा जतिखेर आउँदा पनि उहाँहरुका समस्या सुनेर समाधानका विकल्पहरु दिएर पठाउने गरेको छु ।’

(मेयरको आजको दिनले भोलीको नगरको भविष्य निर्धारण गर्छ, त्यसैले मेयरको सक्रियताको मापन गर्ने उद्देश्यले यो स्तम्भ सुरु गरिएको हो ।–सम्पादक)

One Reply to “‘दुई वर्षभित्र १४ वटै वडा झलमल्ल बनाउँछुु’- मेयर राउत”

  1. Desh, janta ,gau ,tol r samaj prati biswas rahanu vayeka manniy nager pramukh jyu lai hardik badha i x

Leave a Reply

Your email address will not be published. Required fields are marked *