इटहरी उपमहानगरपालिकाका सान प्रीतम भए सद्भावना दूत

मेयर खबरदाता
इटहरी उपमहानगरपालिकाले चर्चित बाल गायक प्रीतम आचार्यलाई बाल सद्भावना दूत घोषणा गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक मेयर लक्ष्मी गौतमले दूत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभएको थियो ।

कार्यवाहक मेयर गौतमले ‘इटहरीको छोरो’ प्रीतमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । प्रीतमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको समेत गौतमले बताउनु भयो ।

प्रीतमले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सपोर्ट र मायाप्रति धन्यवाद दिनुभयो । भारतमा प्रतियोगितामा भाग लिन जानुअघि उहाँलाई मेयर द्वारिकलाल चौधरीले नेपाली झन्डा प्रदान र उपमेयर गौतमले नेपाली टोपी लगाइदिएर बिदाइ गर्नुभएको थियो ।

प्रीतम भारतीय टेलिभिजन जीटीभीको चर्चित रियालिटी सो सारेगम लिटल च्याम्समा तेस्रो भएर सोमबार इटहरी फर्किनु भएको हो । प्रीतमले दूत घोषणा कार्यक्रममा ‘देशले रगत मागे मलाई बलि चढाऊ’ बोलको गीत गाउँनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *