खैरहनी नगरका सामुदायिक विद्यालय तीन दिन बन्द

मेयर खबरदाता

चितवन । खैरहनी नगरपालिकाले नगर भित्र रहेका सामुदायिक विद्यालय तीनदिन वन्द गर्ने निर्णय गरेको छ । वढ्दो गर्मीलाई मध्यनजरगर्दै असार २ गतेदेखी ४ गतेसम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिनुभयो ।

गर्मीका कारण विद्यार्थीलाई रिंगटा लाग्ने, बान्ता हुने, वेहोसहुने जस्ता समस्य देखिएपछि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफल पछि वर्षे विदा कटौती गर्ने गरी विद्यालय बन्द गरिएको मेयर चौधरीले बताएउनुभयो ।

खैरहनी नगरपालिका भित्र २८ वटा सामुदायिक विद्यालय छन् । चितवनमा ४० डिग्री सेल्सीयस सम्म तापक्रम पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *