नगरको बस दुर्घटना हुँदा ७ जना घाइते

मेयर खबरदाता

चितवन । खैरहनी नगरपालिकाको गाडी चितवनको रत्ननगरमा बुधवार दुर्घटनामा परेको छ । भरतपुरबाट कार्यालय जाँदै गरेको बा १७ च ६७९७ नम्बरकाे गाडीले स्कुटरलाई बचाउन खोज्दा दुर्घटना भएकाे हाे । विपरित दिशाबाट आउदै गरेको ना ३ ख १८६३ नम्वरको मिनीवसले नगरपालिकाको गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा ७ जना कर्मचारी घाइते भएका छन् ।

शिक्षा अधिकारी महेन्द्र पौडेल, कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे, स्वास्थ्य शाखा संयोजक माया पाण्डे, लेखापाल केशव वराल, महिला तथा बालबालिका शाखाकी विमला रानाभाट, अनिता पन्त र चालक सुदामा चौधरी सवार घाइते भएकाछन् । घाइतेहरुको मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि पनि खैरहनी नगरपालिकाको गाडी दुर्घटना हुँदा २ जना वडाध्यक्षहरुको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *