‘१४ वटै वडा जोड्ने वातावरणमैत्री सडकको निर्माण सम्पन्न हुदैछ’: मेयर राई

१४ वडाहरु मिलेर बनेको चियाको राजधानी इलामको सुर्योदय गरपालिकामा कृषि र पर्यटनका भरपुर सम्भावना छन् । प्रदेश नम्बर १ मा भएका ४९ नगरपालिकामध्ये यस नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरिसकेको छ । प्रदेश नम्बर १ का पहाडी जिल्लामध्ये सबैभन्दा बढि ५८ हजार जनसंख्या भएको नगरपालिकाका २ सय २५ दशमलव ५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । भारतसँग तिन वटा नाका जोडिएकाे यस नगरपालिकाका अधिकाँश स्थानीयले व्यवसायिक कृषिबाट मनग्य आम्दानी गरिरहेका छन् ।

नेपाल सरकारले घोषणा गरेको १०० पर्यटकिय गन्तव्य भित्र अटाएका यस नगरपालिकाका पर्यटकीय स्थलहरु देशमा मात्र होईन अन्तराष्ट्रियस्तरमा समेत परिचित छन् । सुर्याेउदय र अस्ताएको दुर्लभ दृश्यावलोकन गर्न सकिने श्रीअन्तु डाँडा, आँखाको परिधी भरी अट्ने रमाइला चिया वगान भएको कन्याम, भारत जोड्ने नाका पशुपतिनगर, विभिन्न दुग्धजन्य उत्पादनको लागि चर्चित फिक्कल, लोपोन्मूख रेड पान्डा पाइने थुम्के लगायतका दर्जनौं रमणीय स्थलहरु भएको पर्यटकीय नगरी हो, सुर्योदय नगरपालिका ।
यहि नगरपालिकाका मेयर रन बहादुर राईसँग हामिले उहाँको दैनिकि बारे साधेका थियौं ।

सुर्योदय नगरपालिका इलामका मेयर रन बहादुर राईको दैनिकी

मेयर राई सधै विहान ५ः०० बजे उठि सक्नुहुन्छ । १ गिलास पानी पिएर ५ः१५ मा मर्निङ वाकमा निस्किए पछि ६ः०० बजे घर पुग्नुहुन्छ । आफ्नो दैनिकी थप छर्लङ्ग पार्दै उहाँले भन्नुभयो, ‘विहान ६ बजेदेखी ६ः३० बजेसम्म योगा गर्छु र ७ः३० बजे सम्म नित्यकर्म सकेर विहानको खाजा लिदैगर्दा बि.बि.सी र सि.एन.एन टेलिभिजनमा समाचारजन्य गतीविधिहरु हेर्छु ।’

दैनिकीलाई निकै व्यवस्थित तालिकामा विभाजन गर्नुभएका सुर्योदय गरपालिकाका मेयर राई ८ः०० बजेदेखी ८ः३० बजेसम्म आफुलाई मनपर्ने केही किताबहरु अध्ययन गर्नुहुन्छ । ८ः३० बजेखी ९ बजेसम्म विभिन्न समस्या बोकेर आउने स्थानियलाई भेट्नुहुन्छ । ९ः०० बजेदेखी ९ः४५ सम्म नेपाली पत्रपत्रिकामा प्रकाशित विचार र समाचारहरुको अध्ययन गर्नहुन्छ । ९ः४५ पछि खाना ग्रहण गरेपछि मेयर राई नगरपालिका लाग्नुहुन्छ । दिनभरी स्थानीयका समस्या समाधान र नगरपालिकाका योजना निर्माण लगायतका कार्यमा व्यस्त रहने मेयर राई फुर्सद हुने वित्तिकै भइरहेका विकास निर्माणका कार्यहरुको अनुगमनमा निस्कनुहुन्छ ।

बेलुकी ढिलोमा ८ बजे घर पुग्नुहुन्छ र खाना खाएपछि ९ः०० बजे दिनभरी नगरपालिकामा भएका सम्पूर्ण कार्यहरुको पनरावलोकन गर्नुहुन्छ । ९ः४५ देखी १० बजे भित्र निदाई सक्नुहुन्छ । राती ढिलो सुत्दा पछिल्लो दिन विहानको दैनिकी नै विग्रने भएकाले बेलुकी समयमै निदाउने गरेको मेयर राईले बताउनुभयो ।धर्म पत्नीको उपचारका लागि शुक्रवार काठमाडौं आउनुभएका मेयर राई आज नगरपालिकाका विभिन्न सवालमा छलफल गर्न मन्त्रालयको भेटघाटमा व्यस्त रहनुहुनेछ ।

नगरपालिकाको मेयरको रुपमा २ वर्ष बढी समय व्यतित गरिसक्नु भएको छ, यस विचमा जनजिवनमा सकारात्मक प्रभाव पार्ने कार्यहरु के भएका छन् ? भन्ने हाम्रो जिज्ञासामा मेयर राईले भन्नुभयो, ‘१४ वटै वडाहरु जोड्ने वातावरणमैत्री सडकको निर्माण कार्य तिव्र गतिमा अगाडी बढिरहेको छ, चिया उत्पादनबाट उचित मूल्य नपाएका कृषकका लागि न्यायोचित मूल्य निर्धारण गरिएको छ, अर्गानिक नगर बनाउने अभियान शुरु भइसकेको छ ।’

नेपालमै पहिलो पटक सुर्योदय नगरपालिकाले विद्युतीय हाजिरीको व्यवस्था गरेको बताउदै मेयर राईले सामुदायिक विद्यालयको अनुगमन मेयरले नै गर्ने व्यवस्था गरिएको बताउनुभयो । ‘सामुदायिक विद्यालयको अनुमगन आफै गर्न थालेपछि शैक्षिक गुणस्तरमा निकै सुधार आएको छ ।’ मेयर राईले भन्नुभयो, ‘शिक्षण विधि थप प्रभावकारी बनाउन १२ महिना १२ कार्यक्रम अभियान शुरु गरेका छौं ।’

ज्येष्ठ नागरिकलाई एक्लोपनको महशुस नहोस् भनेर प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण भइरहेका छन् । देश दर्शन कार्यक्रम अन्तर्गत ६० वर्ष बढी उमेरका ७० जना ज्येष्ठ नागरिकलाई देशभरका महत्वपूर्ण पर्यटकिय र धार्मिक गन्तव्यहरुको भ्रमण गराउने गरिएको मेयर राईले जानकारी दिनुभयो । नगरपालिकालाई खरको छाना मुक्त बनाउन गरिव पविारलाई टिनको छाना वितरण गरिएको छ । नगर विकासमा मेयरज्यूको सक्रियता थप सशक्त बनोस् । मेयर खवरको शुभकामना ।

(मेयरको आजको दिनले भोलीको नगरको भविष्य निर्धारण गर्छ, त्यसैले मेयरको सक्रियताको मापन गर्ने उद्देश्यले यो स्तम्भ सुरु गरिएको हो ।–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *