एक लाख नगदसहित अञ्जली सम्मानित

काठमाडौं । पालुङटार नगरपालिकाले अञ्जली परियारलाई एक लाख नगद पुरस्कार र प्रमाणसहित सम्मान गरेको छ । एसईईमा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफल दलित परिवारकी जेहन्दार छात्रा अञ्जलीलाई नगरपालिकाका मेयर दिपकबाबु कँडेलले एक कार्यक्रमकाबिच सम्मान गर्नुभएको हो ।

भवानी माध्यामिक विद्यालयमा अध्ययन गरेकी अञ्जलीले नगरपालिकाका निजी विद्यालायमा अध्ययन गर्ने विद्यार्थिलाई समेत पछि पार्दै ३.८५ जिपिए अंक प्राप्त गरेकी छन् । आर्थिक अवस्था निकै कमजोर भएकाले उनलाई निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था पनि नगरपालिकाले गरिदिने भएको छ ।

आईसीआईडी मिडियाको उत्पादनमा न्यूज २४ टेलिभजनबाट प्रशारण हुने कार्यक्रम ‘उपमेयरसँग आज’ मा अञ्जलिले उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोगका लागि उपमेयर पम्फा बसेलसँग अनुरोध गरेकी थिइन् । कार्यक्रममा उपमेयर बसेलले नगरपालिकाले उनलाई उच्च शिक्षा अध्ययन गर्न आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बिहीबार मेयर खवरदातासँग कुरा गर्दै उपमेयर बसेलले अञ्जलिलाई नगरपालिकाका जुनसुकै विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गरिने बचनवद्धता दोहोर्याउनु भएको छ । उहाँले भन्नुभयो, ‘उनले पढ्न चाहेको विषय अध्ययन हुने व्यवस्था नगरपालिकाकै विद्यालयमा पनि छ, नगरपालिका बाहिरै गएर पढ्न चाहेको खण्डमा पनि हामी आर्थिक सहयोग गर्न तयार छौं ।’

पालुङटार नगरपालिकाले विगत वर्षदेखि नै उत्कृष्ट विद्यार्थि र शिक्षकलाई सम्मान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *