सौराहा र टाँडीचोकमा आकाशे पुल निर्माण हुने

चितवन । रत्ननगर नगरपालिकाले आकाशे पुल निर्माण गर्ने भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने सौराहा चोक र टाँडीचोक दुई स्थानमा आकाशे पुल निर्माण गर्ने भएको हो ।

यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको मेयर नारायण वनले बताउनुभयो ।

आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । दुई वटा पुल निर्ममाण गर्न नौ करोड ५० लाख लाग्नेछ । सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको मेयर वनले जातकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *