‘मुसीकोटलाई कफीको हव बनाउछौं’: मेयर सापकोटा

गुल्मी जिल्लाका १२ वटा स्थानीय तह मध्येको एक हो, मुसीकोट नगरपालिका । यो क्षेत्रफल र जनसंख्याको हिसाबले सबैभन्दा ठुलो नगरपालिका हो । ३३ हजार ८ सय जनसंख्या रहेको यो नगर वि.स २०७३ सालमा स्थापना भएको हो । ९ वटा वडाहरु रहेका यस नगरपालिकालाई मध्य पहाडी लोकमार्गले समेत छोएको छ । मुसीकोट कफीको उद्गम स्थलको रुपमा पनि परिचित छ ।

यो नगरपालिका विकासको प्रशस्त सम्भावना बोकेको विकासोन्मुख नगर हो । यहाँका जनताले आशा र भरोसा सहित मेयर बनाएर सोमनाथ सापकोटालाई नगरपालिकाको तालाचावी सुम्पिएका छन् । भनिन्छ हरेक विहानीले दिन र हरेक दिनले भविष्यको निर्देश गरिरहेको हुन्छ । हो, आज हामीले यहीँ मुसीकोट नगरपालिका मेयर सापकोटाको आजको दैनिक कसरी वितिरहेको छ भनेर बुझेका छौ ।

मेयर सापकोटाको आजको दैनिकी
आज २१ श्रावण २०७६

उहाँ सदा झैं नित्यकर्म सकेर दुध र घरमा आवश्यक सर समान किन्न बजार जानुभयो । घर पुगेर धर्मपत्नीसँगै मिलेर खाजा पकाउनुभयो । उहाँलाई पकाउन औधी रुची लाग्छ रे । पकाउदै परिवारसँग भलाकुसारी गर्ने समयको रुपमा समेत यसलाई सदुयोग गर्दै आउनु भएको रहेछ ।

७ः३० बजे खाजा खाईसकेपछि नगरपालिकाको सवालमा केही व्यक्तिसँग भेटघाट गर्नुभयो । उहाँले भन्नुभयो, ‘९ बजेसम्म बसेर सधै दिउँसो गर्ने कार्यको लिखित टिपोट गर्छु, आज पनि त्यही गरे । अनि खाना खाएर १० बजे नगरपालिका पुगिसकेको थिएँ ।’ विकास निर्माणका कार्यहरु भइरहेका प्राय सबै ठाउँको अवलोकन गर्न मेयर सापकोटा आफै पुग्नुहुन्छ । ३ बजे खाजा खाए पश्चात मेयर सापकोटा नगरपालिकाका केही आन्तरिक कार्यहरुमा व्यस्त रहनु हुनेछ ।

मेयर सापकोटाले दिनहुँ जसो उपमेयर र प्रमुख प्रशासकियसँग समिक्षात्मक बैठक गर्ने गर्नुभएको छ । आज अपरान्ह पनि समिक्षात्मक बैठकमा उहाँ सहभागी हुनुहुनेछ । उहाँले भन्नुभयो, ‘बेलुकी ५ः३० बजेसम्म घर पुगिसक्छु, घरमा पत्नी र म मिलेर खाना तयार गर्छौं, खाना खाइसकेपछी समाचारहरु हेर्छु, र १० बजेसम्म निदाइ सक्छु ।’

नगरमा धार्मिक पर्यटन विकासका आवश्यक पुर्वाधार, सडक सञ्जालको विस्तार र मर्मत सम्भारका काम भई रहेको छ । १५ सैयाको अस्पताललाई ५० शैयाको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने काम अगाडी बढी रहेको र यसका लागी आवश्यक कार्य योजना अनुरुप काम भई रहेको समेत मेयर सापकोट बताउनु हुन्छ ।

शिक्षामा सिभिल ईन्जिनियरीङ र कम्प्यूटर ईन्जिनियरीङ अध्यापनका लागि नगरका २ वटा विद्यालयलाई स्विकृत गरिएको छ । चालु आर्थिक वर्षमा सिटिईभिटीसँगको सहकार्यमा कृर्षि बहुप्राविधिक शिक्षालय संचालन गर्नेगरी कार्य भइरहेको उहाँले बताउनु भयो । मुसिकोट कफीकालागी परिचित नगर भएका कारण यसमा आत्मनिर्भर र कफी हव बनाउँने लक्ष्यसहित योजनावद्ध काम भईरहेकाले समग्रमा आफ्नो दैनिकी नगर र नगरबासीको काममा वित्ने गरेको उहाँ बताउनु हुन्छ ।

(मेयरको आजको दिनले भोलीको नगरको भविष्य निर्धारण गर्छ, त्यसैले मेयरको सक्रियताको मापन गर्ने उद्देश्यले यो स्तम्भ सुरु गरिएको हो ।–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *