उपमेयर हाम्रो साथी

बोक्नु छ उपमेयरले काँधमा ठूलो भार,
सर्वप्रथम दुई हात जोडी गर्छु नमस्कार ।

संयोजक उपमेयर, मेयर हाम्रा राजा,
कार्यक्रम भई राख्या छ उपमेयरसँग आज ।

छोटो समय अवधीमा लाउनु भा छ गुण,
उपमेयर साँच्चै नै हाम्री आमा हुन् ।

आज हामी सबैजना गर्वावस्थामा छौं,
फुलाउनुस, फलाउनुस् हिरा मोती जौ ।

दलित महिला, लुला लगंडा, अपागं, लाटो,
देखाउनु हुन्छ पक्कै पनि आत्मनिर्भरताको बाटो ।

हिंसा पीडित महिलाहरुलाई न्याय दिनुहुन्छ,
न्याय दिन नसकेमा सबको मन रुन्छ ।

संयोजकको सकारात्मक सुन्न पाउँदा कुरा,
हिंसा पीडित महिलाको बढ्यो आत्मबल पुरा ।

जुन पीडित महिलाले न्याय पाएको दिन,
तब मात्र महिलाले शान्ति पाउने छिन् ।

दलित महिला, सिमान्तकृत,लक्षित वर्ग छानी,
उपकार गर्ने उपमेयर हाम्री हुनुहुन्छ दानी ।

उत्थान र विकासमा मेयरको छ नि ठूलो हात,
पक्कै पनि दिनु भा छ उपमेयरलाई साथ ।

भने जस्तै सोचे जस्तै मेयर र उपमेयर,
सबैले पाउँदै गा छन् आफ्नो अधिकार ।

निष्पक्ष र समतामूलक गर्दै जानु काम,
फैलिंदै जान्छ मेयर उपमेयरको प्रसंशा र नाम ।

महिला तथा लक्षित सिमान्तकृत हेरी,
असल मेयर उपमेयर आशा गर्छौं फेरी ।

बुझिदिनुस् मनमा लिनुस् कविताको सार,
यति भन्दै विदा हुन्छु हस् त नमस्कार ।

— सुशिला परियार, सहभागी, उपमेयरसंग आज, पालुङ्गटार नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *