बालबालिकासँग मेयरको ११७ औं अंंक बाह्रविसेबाट

मेयर खबरदाता

काठमाडौं । शेर्पाली लवज मिसिएको नेपाली भाषामा बालबालिकाले बुझ्ने गरी बाह्रबिसे नगरपालिकाका मेयर निम फुन्जो शेर्पा भन्दै हुनुहन्थ्यो, ‘म जे बोल्छु, साँचो बोल्छु, मनबाट बोल्छु ।’ नेताहरु बोल्छन् मात्र, गर्दैनन् भन्ने आम बुझाईलाई चिर्दै मेयर शेर्पाले गरेका ति अथाह प्रयत्नबारे बयस्कहरु मात्र होइन, बालबालिकाहरु पनि उत्तिकै जानकार रहेछन् । यि सबै प्रसंग आई सि आई डि प्रा.लिले उत्पादन गरेको ‘बालबालिकासँग मेयर’ टेलिभिजन कार्यक्रमको छायांकनको क्रममा उठेका हुन । कार्तिक २१ गते बालबालिकाका प्रश्नका जवाफ मेयरसँग खाेज्न बालबालिकासँग मेयर कार्यक्रम टोली बाह्रविसे पुगेको कार्यक्रमका जनसम्पर्क अधिकृत प्रशन्न ढुंगानाले बताउनुभयो ।

कार्यक्रममा बालबालिकाहरुले मेयरसँग शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारका विविध प्रश्नका जवाफ खोजेका थिए । बालबालिकाहरूले मेयरलाई खबरदारी गरेका छन् । सबै विषयको जवाफ दिने र काम गर्नुपर्ने विषयमा मेयर शेर्पाले प्रतिवद्धता जनाउनुभएको छ । बालबालिकाले मेयरले जनाएका प्रतिवद्धता पुरा नगरे सजायकाे भागेदार हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

‘बालबालिकासँग मेयर’ कार्यक्रम न्यूज २४ टेलिभिजनमा हरेक शनिबार विहान ८ः३० र ११ः३० बजे, बुधबार बेलुकी ९ः३० र बिहीबार दिउँसो ३ः३० बजे प्रसारण हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *