विकास प्रेमी प्रमुख प्रशासकीय अधिकृत पाैडेल रामेछापमा

मेयर खबरदाता

काठमाडौं । दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलको सरुवा भएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामेछाप नगरपालिकामा पदस्थापन गरेको छ ।

२०७४ फाल्गुन १५ गते दुधौली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यभार सम्हाल्नुभएको थियो । उहाँको सक्रियतामा कमला करिडोर सुरु, सामूहिक चक्लाबन्दि खेतीको सुरुवात, मुसहर बस्तिको निर्माण जस्ता महत्वपूर्ण काम भएको दुधौली नगरपालिकाका मेयर घनश्याम रावतले बताउनुभयो । ‘हामीले मिलनसार, जोस र जागरले भरिपूर्ण एक कर्मठ काम विदाई गर्दा दुःख लागेको छ, उहाँले भन्नुभयो, ‘जहाँ बसेर काम गरेपनि देशकै सेवा गर्ने हो तर उहाँ जस्तो व्यक्तिको साथ पाए अझै विकास निर्माणका काम गर्न सकिन्थ्यों ।’

२० महिना निरन्तर नगरबासिको सेवा गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले रामेछाप नगरपालिकाका बासिन्दाको मन पनि जित्ने मेयर रावतले आशा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *