तिलोत्तमा नगर गीत(भिडियाे सहित)

यो माटो छुदाँ गर्व होस् ।
समृद्धिको सधैँ पर्व होस् ।।


हाम्रै सत्कर्मले बन्छ स्वर्ग यो तिलोत्तमा ।
स्वच्छ सफा हराभरा नगर तिलोत्तमा ।।


सोह्र छत्तीस उर्वर भूमी बुद्ध डुल्ने ग्राम ।
प्रकृतिका उपवन मन्दिर गुम्बा धाम ।।


उद्योग व्यापार पर्यटन गरी उन्नत खेती ।
लगानीका क्षेत्र धेरै बढ्दो समुन्नती ।।


भाषा धर्म भेष अनेक सनातन रीति ।
हिमाल पहाड तराईका थरीथरी जाती ।।


स्वाभिमानी छाती हाम्रो जाँगर पाखुरीमा ।
जीवनधारा चलाउछन् रोहिणी तिलोत्तमा ।।
जय हो तिलोत्तमा ।।।


रचना: तेज प्रसाद पाण्डे

तिलोत्तमा नगर गीत

One Reply to “तिलोत्तमा नगर गीत(भिडियाे सहित)”

  1. बुद्धलुमम्बिनी सर्किट सडकमा भएको बेथिती बाट करोडौ घुस खादा गर्व होस! लतब भत्ता नलिने घोषणा गरेर तिलोत्तमा बासीलाई बुकुफ बनाउदा गर्व होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *