सडकका टहरा हटाउँदै नगरपालिका

मेयर खबरदाता

महोत्तरी । जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरि बनाइएका टहराहरु धमाधम हटाउन थालेको हो ।

सडक अतिक्रमण गरि टहरा बनाउनाले सडक दुर्घटना हुनुका साथै यात्रुलाइ हिँड्न पनि शास्ती हुने गरेको छ ।सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले टहरा भत्काउँदै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको हो ।

नगरबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीेद्धारा शुक्रबार देखि नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियानको थालनी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *