टिप्नलाइ साह्रो भयो आफ्नै देशको भाका

उपमेयर तिला पोखरेल, तेह्रथुम, लालिगुराँस नगरपालिका

उपमेयरको कुर्सीमा बसेपछि यो पदलाइ लिएर तपाइलाइ आज सम्म दुख लागेकोे क्षण छ ? यो प्रश्न तेह्रथुम लालिगुराँस नगरपालिकाकी उपमेयर तिला पोखरेललाइ उपमेयरसँग आज कार्यक्रममा गरिएको थियो।

उपमेयरले भन्नुभयो,जनताको अपेक्षा पुरा गर्न नसक्दा दुख लाग्छ । यहि दुखलाइ सम्झीएर उहाँले कविता पनि लेख्नु भएको रहेछ । कार्यक्रममा सुनाउन मिल्दैन की भन्ने संकोच उपमेयरले राखेपछि प्रस्तोताले सुनाउन आग्रह गरेसँगै उपमेयरले सुनाउनु भएको कविता आजको मेयर साहित्यमा प्रस्तुत गरेका छौँ ।

टिप्ने आँट नभएर सुनाखरी भिरमा
सयपत्रि फूल टिपि लाएँ आफ्नै शिरमा
यति मात्रै जुराइदियो जुराउनेले पनि
खटाएको भाग लिइ बसेँ विवश बनी

यो सँगै उपमेयरले अर्को कविताको सानो अंश पनि सुनाउनु भएको थियो ।

आकाशमा कालो बादल छेकिदियो आँखा
टिप्नलाइ साह्रो भयो आफ्नै देशको भाका

(कविता वाचन सँगै उपमेयरले आफु सहजतामा फुलि दिए मात्र जनतालाइ सहज हुने भएकोले यो कविता सँधै स्मरणमा राखेर काम गर्ने गरेको बताउनुभयो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *