रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !

स्थानिय निकायका जनप्रतिनिधिहरुको कार्यकालको मध्यावधि समय समिक्षाबारे जानकारी लिने क्रममा रामेछाप नगरपालिकाका मेयर नर बहादुर थापा मगरसँग सहकर्मी शिव अधिकारीले गर्नुभएको अन्तरंग कुराकानीको सम्पादित अँश ।

मेयर साहब तपाइ निर्वाचित भएर आएको आधा समय चाँही व्यतित भइसक्यो । यो आधा समयकोे मध्यावधी समिक्षा गर्दा मेयरज्यूको घोषणा पत्रमा उल्लेख भएका प्रतिबद्धताहरुमा कति % सफलता प्राप्त भयो अहिले सम्म ?

त्यो % को आधारमा भन्ने हो भने त मलाइ लाग्छ मोटामोटी २५% होला । किनभने पहिला त लामो समय सम्म निर्वाचन नभएको लामो समय पछाडि निर्वाचित भएर जनप्रतिनिधिहरु आएको नयाँ संविधान अनुसार ऐन कार्यविधि बनाउन समय लाग्यो । त्यसले गर्दा पनि आधारहरु तयार गर्न समय लाग्यो । सबै क्षेत्रमा चाँही आधारशिला तय भएको छ ।

जस्तो मेयरज्यूको त्यतीबेलाका प्रतिबद्धताहरु १,२,३ के–के थिए ?

मुख्य त एक नम्बरमा पूर्वाधार नै हो । त्यसपछाडि खानेपानी, शिक्षा र स्वास्थ्यका कुराहरु थिए।

भनेको पूर्वाधारमा सबै वडामा पीच बाटो ?

दुईवटा कुरा थियो । एउटा के थियो भने हिजोको अवस्थामा सदरमुकाममा सिमित थियो वडाको वडा कार्यलयहरु पनि र अहिलेका वडा कार्यलय पहिलेका गाउँ विकास समिति पनि सबै सदरमुकामको एउटा कोठा बाट सञ्चालित थियो । त्यसलाई सम्बन्धीत ठाउँको वडा बाटै सञ्चालन गर्नको लागि त पूर्वाधारहरु तयार गर्नुपर्ने अवस्था थियो । त्यसकारणले सबै वडाहरुलाइ आ–आफ्नो वडामै पूर्वाधारहरु तयार गरेर आफ्नो वडाबाटै सेवा प्रवाह सुरु गरेका छौँ हामीले । त्यसपछाडि एउटा वडाबाट अर्को वडामा जान सक्ने अवस्था थिएन । पूर्वाधार र सडकहरु थिएन । त्यसको लागि एउटा वडाबाट अर्को वडामा र केन्द्रमा आउन सक्ने वातावरणका लागि हामीले सडकलार्ई प्राथमिकता दियौँ । अहिले सबै वडा कार्यालयहरुमा जान सक्ने अवस्था छ ।

पूर्वाधार अगि मेयरज्यूले भन्नुभयो हैन ? अर्कोमा मेयरज्यूले खानेपानीको कुरा गर्नुभएको थियो नी हैन ? खानेपानीको अवस्था कस्तो छ ? पहिला कस्तो थियो ?

पहिला सबै हाहाकार सुख्खा क्षेत्र घोषणा गरेको जिल्ला हो यो । रामेछाप नगरपालिका पनि यसबाट अछुतो रहेन । त्यसपछाडि भुकम्प र वातावरणले गर्दाखेरी सबै मुहानहरु सुकिरहेको अवस्थामा छ । हामी निर्वाचित भएर आउँदा पनि सबै मुहानहरु सुकेको अवस्थामा थियो । त्यसको विकल्पमा खोज्नुपर्ने थियो । त्यसको विकल्पमा पहिलो वर्ष हामी चाँही खानेपानीको कुराहरुमा अघि सर्यौँ । स्थानिय तहले गर्नसक्ने कामहरु स्थानिय तहले गर्ने । गर्ननसक्ने प्रदेश र संघ सरकार सँग अनुरोध गर्ने माग गर्ने भनेर नगरसभा बाट पारित गरेका योजनाहरु थियो र केहि सुचारु भइरहेको अवस्थामा छ । र त्यसको विकल्प पनि खोज्नुपर्छ भनेर हामी भ्रमणमा गयौँ । पोखराको सरानकोटमा चाँही १५०० उचाईमा पनि ड्रिल खानेपानी पहाडमा पनि । हामीले त्यहाँ अध्ययन गर्यौँ, हेर्यौँ र त्यसको विकल्पमा हामीले पनि के गर्यौँ त भन्दा खेरी सम्भाव्य अध्ययन र अभ्यासका लागि भनेर हामीले ३ ठाउँमा ड्रिल खानेपानी ड्रिल गर्यौँ र खानेपानी निकाल्यौँ । त्यहाँबाट मलाई लाग्छ व्यवस्थापन गर्न बाँकी छ । पानी निकाल्न सफल भयौँ र त्यसलाइ व्यवस्थापन गर्ने पाटो तिर हामी लगिरहेका छौँ ।

मेयर साहब हिजोको दिनमा विरामीलाइ स्ट्रेचरमा बोकेर मन्थली सम्म पुर्याउनु पर्ने जुन अवस्था थियो । त्यो स्ट्रेचर विस्थापित भइसकेको हो ? गाउँ गाउँमा एम्बुलेन्स पुग्न सक्छ ?

ठीक, सहि कुरा गर्नुभयो । हिजो स्ट्रेचर, डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो । तर आज त्यो अवस्था सबै हटेको छ । किनभने गाउँ गाउँमा सडकहरु पुर्याएको छ र मापदण्ड अनुसारकै लगभग सबै ठाउँमा बाटोहरु खनिएको अवस्था छ । खन्नु भन्दा पनि ट्रयाक नखोलीएका ठाउँमा खुलाएर पुर्याएका छौँ । ट्रयाक खोलिएका ठाउँमा स्तर उन्नती गरेर हामीले अगाडि बढाइरहेको हुनाले सबै ठाउँमा लगभग एम्बुलेन्स पुग्न सक्छ ।

गाउँमै हजुरको जुन स्वास्थ्य संस्थाहरु थिए । त्यहाँ डाक्टर नबस्ने अथवा संस्था नखुल्ने, औषधी नपाइने त्यो खालको गुनासो आउँथ्यो नी मेयर साहब । तपाइहरु निर्वाचित भएर आइसकेपछि त्यस्ता गुनासो सुन्नु परेको छ कि छैन ?

वास्तवमा हामी निर्वाचित भएर आउने बेला त्यी गुनासाहरु एक वर्षसम्म धेरै आयो । हामीलाइ पनि अध्ययन, अनुगमन र कार्यविधि बनाउन समय लाग्यो । तर रामेछाप नगरपालिकाले स्वास्थ्य चौकी भएको वडामा स्वास्थ्य चौकी बाट र वडामा शहरी स्वास्थ्य केन्द्र नभएका ठाउँमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ । हामी निर्वाचित भएर आइसकेपछि के फरक छ भन्दा नागरिकहरुले निशुल्क पाउने औषधीहरु कुनै पनि खाली गराएका छैनौँ र सरकारले उपलब्ध गराएको औषधीमा पनि थप गरेर औषधीहरु हामीले निशुल्क गरेका छौँ । त्यो मात्र नभएर सम्बन्धीत रोगका डाक्टरहरु बाट प्रत्येक महिना घुम्ती स्वास्थ्य शिविर आयोजना गरेका छौँ । ६–६ महिनामा नागरिकहरुको दाँत र आँखाको चेकअप गर्छौँ हामी नागरिकहरुको । प्रत्येक महिना घुम्ती शिविरमा ल्याब टेस्ट, भिडियो एक्सरे बाट थप औषधी आवश्यक भए त्यो पनि निशुल्क गरेका छौँ हामीले । विशेष गरि गर्भवती, बालबालीका र वृद्धलाइ हामीले केन्द्रीत गरेका छौँ ।

मेयरज्यू तपाइहरु पाँच वर्ष त बस्नुहुन्छ हैन । भलै फेरी मेयर हुनुहोला त्यो अर्को पाटो छ । यो पाँछ वर्षमा तपाइको कार्यकाल सकिँदै गर्दाखेरि यहाँ प्रष्ट सँग देखिने विकास चाँही १,२,३,४ गर्दा के–के हुनसक्छ ? ठ्याक्कै देखिने के हुन्छ मेयरज्यू ?

कृषिमा पनि फड्को मारेको देखिन्छ । किनभने हामीले एक वडा एक पकेट क्षेत्र भनेका छौँ । हिजो यहाँहरुले पनि देख्नुभयो होला प्रदर्शनमा पनि । एक वडा एक उद्योग भनेर हामीले राखेका छौँ । सडकको कुरा मैले अघि नै भने । स्वास्थ्यमा पनि देखिने खालको काम हुन्छ । मुख्यत कृषि, स्वास्थ्य अनि सडक अनि त्यसमा शिक्षामा पनि हिजो र आजकोमा फरक देखिन्छ । विद्यालयका अभिभावकहरु शिक्षकहरु पनि खुशि देखिनुहुन्छ ।

मेयर साहब अन्तीममा आम रामेछाप बासीलाइ तपाइ के सन्देश दिनुहुन्छ ?

कुनैपनि काम गर्नलाई समय लाग्छ । प्रतिफल पाउनलाई पनि समय लाग्छ । त्यसकारणले हामी एउटा मार्गदर्शनका साथ अगाडि बढेको अवस्था छ त्यसैले नागरिकहरुलाइ नआँत्तीन र हामी एउटा समृद्ध नगर बनाउन एउटा रणनितिक योजना बनाइसकेका छौँ । एउटा समृद्ध नगरपालिका बनाउन नागरिकको पनि सहयोग चाहिन्छ । नागरिकहरुलाइ अनुरोध गर्न चाहन्छु नआँत्तीनु यसको आधारशिला तयार भइसकेको छ । साँढे दुई वर्ष गएपनि नआँत्तिनुस अझै साँढे दुई वर्ष बाँकी छ । हामी समृद्ध नगर बनाउन सक्छौँ ।

One Reply to “रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *