मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा मेयरको टिकट पाएर चुनावी मैदानमा उभिंदा उहाँसँग कुनै विशेष चुनावी एजेण्डा थिएन । आफ्नो पार्टीको स्पष्ट एजेण्डा हुँदाहुँदै जनतालाई क्षणिक प्रभावमा पार्न कुनै चुनावी एजेण्डा प्रस्तुत गरिरहनु जरुरी छ जस्तो उहाँलाई लागेन । उहाँको एउटै उद्घोष थियो, ‘म निर्वाचीत भएँ भने बागमतीलाई देशकै नमूना नगरपालिका बनाउन आफ्नो क्षमताले भ्याएसम्म इमान्दारितापूर्वक कार्य गर्नेछु ।’ यस्तो पृथक सोचले निर्देशित मेयर थापाले आधा कार्याकाल सकिँदा के–कस्ता नमूना कार्यहरु सम्पन्न गर्नुभयो ? बाँकी कार्यकाललाई उपलब्धिमूलक बनाउने जनमूखी योजनाहरु के–के छन् ? यिं र यस्तै सवालमा सहकर्मी जोसेफ शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश । – सम्पादक
हजुरको संविधान त ५ वर्ष कार्यकाल हो । झण्डै आधा कार्यकाल सकिसकेको छ । अलिकती चुनावी एजेण्डाको सन्दर्भ जोड्न चाहे मेयर ज्यू । हरेक नेताका थुप्रै चुनावी एजेण्डाहरु हुन्छन् । मैले चुनाव जिते भने यस्तो गर्छु, उस्तो गर्छ भन्दै नेताहहरुले विभिन्न सपना बाड्नुहुन्छ । हजुरका चुनावी एजेण्डाहरु के–के थिए ?
निर्वाचनको अभियानमा हामी कम्यूनिष्ट पार्टीबाट उम्मेदवारी दिएको हुनाले हाम्रा एजेण्डाहरु त २००६ सालदेखी नै सार्वजनिक भएका छन् नि । नेपाली जनाताका मौलिक हक अधिकारहरु स्थापित गर्ने, गास, वास, स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेण्टी गर्ने, गाउँलाई शहर बनाउने र समानताको आधारमा गरिबलाई धनी बनाउने भन्ने कुरोहरु त प्रष्ट छ । त्यो प्रष्ट हुँदाहुँदै पनि हामीले चाँही जनतालाई झुक्याउन, आफ्नो प्रभावमा पार्न एजेण्डाहरु प्रस्तुत गरिरहनु जरुरी छ जस्तो मलाई लागेन । त्यसोभएको हुनाले मैलै आम नगरवासीहरुलाई मलाई यो नगरमा निर्वाचित गर्नुभयो भने मेरो क्षमताले भ्याएसम्म नेपालकै नमूना नगरपालिका बनाउने प्रयास गर्छु भन्ने मात्रै मत थियो मेरो । हाम्रो एउटा नारा थियो, ‘बागमतीको सत्ता यूवाको हातमा, बिकासको लागी जनताको साथमा’ हामीले यहि नारा मात्रै प्रचार–प्रसार गर्यौं त्यो पनि प्रचा पम्प्लेटको माध्यमबाट ।
दरिलो आत्मविश्वास भयो भने दुनियाँमा असम्भव केहि छैन भन्ने हजुरलाई लाग्छ ?
सम्भव देख्नुपर्छ हामीले । त्यो सपना देखियो भने मात्रै हामीले समाजलाई समृद्ध बनाउन सक्छौं । नागरिकलाई खुशी राख्न सक्छौं र उहाँहरुको जिवनस्तर उकास्ने कार्यहरु गर्न सक्छौं नी । जसले सपनै देख्दैन उसले काम गर्न सक्दैन नि ।
तपाईँ निर्वाचित हुनुभन्दा अगाडि असम्भव ठहरिएका कुराहरु तपाई आएपश्चात के–के सम्भव भए ? जसले जनताको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्यो ?
त्यो प्रभाव नै परेको छ । मैले पहिला पनि धेरै कार्यक्रममा भने बागमती नगरपालीका नेपाल सरकारले घोषणा गर्यो र त्यहाँका नगरबासीहरुले मलाई निर्वाचित गरिसकेपछि हामीले सरसर्ती बुझ्दा बाग्मती नगरपालिका एउटा शिशु अवस्थामा थियो । अब एउटा भर्खर जन्मेको शिशुको अवस्था जस्तो हुन्छ त्यस्तै थियो । हामीले यो नगरमा चाँही नगरबासीको समृद्धिको लागि के गर्न सक्छौँ भनेर योजना बनायौँ । तिं योजना सबै कार्यान्वयन भइराखेका छन्, निर्माणाधीन प्रकृयामा छन् । आधा कार्यकाल भयो हामी पनि खुशी छौँ । बागमती नगरपालिका चाँही एउटा नमुना नगरपालिका हुने, नमुना नगरबासी हुने एउटा भु्रण तयार भइसकेको छ । त्यसलाई केहि समय लाग्छ । केहि समय लागेर निर्माण भइसकेपछि साँच्चै नै हो रहेछ भन्ने कुरो सबै तीर छाउँछ । अनी तपाईँहरुले त्यो कुरा थाहा पाउनुहुन्छ ।
त्यो कुरा मैलै समग्रतामा गरेँ अब चाँही तपाई मेयर भइसकेपछि नगरपालिकाका यि–यि क्षेत्रमा यस्तो विकास भयो, यो परिणाम आयो, दुई–अढाई वर्ष बितिसक्दा यी सफलता हाँसील गर्यौँ भन्दा जस्तो शिक्षाबाट सुरु गरौँ । सामुदायिक विद्यालयको शिक्षा बागमती नगरपालिकाको मात्र नभएर देशैभरी दयनीय अवस्था अझै पनि छ । तपाईँको नगरपालिकामा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कायम गर्नको लागि के–के प्रयत्न भए र के–के उपलब्धी हाँसिल भए ?
शिक्षामा मात्र हैन, सबै क्षेत्रमा चुनौतीहरु थिए । त्यहाँका बासीन्दाको सम्पति, विद्याको भण्डार भनेको त सामुदायिक विद्यालय हो नी । सामुदायिक विद्यालयमा शिक्षक देखि लिएर व्यवस्थापन देखि लिएर सबैतीर राजनीतीकर्मी थिए । राजनिती गर्ने थलो त्यसमा चाँही गरिब दुखीहरुका बालबच्चा मात्रै पढ्ने थलो हो भन्ने अवस्थामा पुर्याइएको थियो । त्यस्तो होईन साँच्चै नै हाम्रो भाग्य र भविष्य निर्माण गर्ने, समाजलाई परिवर्तन गर्ने, सभ्यतामा लाने, असल र योग्य नागरिक निर्माण गर्ने थलो भनेको सामुदायिक विद्यालय नै हो भनेर हामीले प्रयत्न गर्यौं । हामीले अभिभावक कार्यक्रम पनि चलायौँ । सबै तह तप्काबाट हामीले प्रयास गर्दाखेरि साँच्चै नै बाग्मती नगरपालिकामा हिजो हामी आउँदाखेरि बालबच्चा न्यून अवस्थामा थियो । सबै निजी विद्यालयमा जान्थे बालबालीकाहरु । अहिले यो आधा कार्यकालमा चाँही गुणस्तरिय शिक्षा लागु गरेपछि हामी आउनुभन्दा ३ गुणा बेसी बालबालिकाहरु हाम्रो २६ वटा विद्यालयमा छन् । अभिभावकहरुले दिनप्रतिदिन निजी विद्यालयबाट आफ्ना छोराछोरी हटाउने क्रम जारी छ । सामुदायिक विद्यालयबाट ५०–६० जना एस.ई.ई दिने विद्यार्थी मध्ये मुस्कीलले ५–६ जना मात्रै पास हुन्थे । शिक्षालाई सिप र श्रमसँग जोडेर लग्नुपर्छ भन्ने अभियानसहित अनुशासित ढङ्गले अगाडि बढाइसकेपछि पोहोरकै एस.ई.ई मा ९७ प्रतिशत विद्यार्थीहरु राम्रो नम्बरले बाग्मती नगरपालिकाका सामुदायिक विद्यालयहरुबाट उतिर्ण हुनुभयो । शिक्षालाई सिप र श्रमसँग जोडेर लगेमा मात्र बालबालिकाहरु स्वत स्वरोजगार हुन्छन् भनेर हामीले सिभिल इन्जीनीयर, कृषि र भेट्नरी पोहोर सालबाट सञ्चालन गरेका थियौँ । सिभिल इन्जीनियरीङमा हामीले प्रदेशकै उत्कृष्ट नतिजा प्राप्त गर्यौं । अब आउने ७६÷७७ मा पनि हामीले मन्टेश्वरी देखि १२ कक्षासम्म तल र माथि मिलाएर शिक्षकको अभाव हुन नदिएर किताब, कापीको अभाव हुन नदिएर त्यो सँगसँगै हाम्रो नगरपालिका भन्दा बाहिर विद्यालयहरु कति छन ? त्यस्को पनि अभिलेख कायम गरेर तिं बालबालिकाहरु के कारणले विद्यालय आउन सकेका छैनन् ? त्यसको समस्या बुझेर सम्झाएर विद्यालयमा ल्याउने प्रयास गरिरहेका छौँ ।
देखिने काम पूर्वाधार विकास हो । त्यही भएर त्यसमा बजेट खन्याउने प्रवृत्ति देखिन्छ । मेयरको कार्यकाल समाप्ती पश्चात पनि जनताले उपयोग गर्नपाउने दिर्घकालीन विकास अर्थपूर्ण रहन्छ । पूर्वाधार विकासमा तपाइको पहल के–के रह्यो ?
नगरको स्रोत र साधनलाई प्रयोग गरेर बेसी भन्दा बेसी आम्दानी नगरमै गर्नुपर्छ भन्ने उद्देश्यले हामीले नगरमै ८८ बिघाको माछा पोखरी निर्माण गरिरहेका छौँ । आधीभन्दा बेसी सम्पन्न भइसक्यो । फनपार्क अगाडि बढेको छ । त्यसैगरि ६० बिघामा हामीले नगर बगैँचा निर्माण गरेका छौँ । त्यस्ता खाली बसेका जमीनहरु सबै हामीले प्रयोगमा ल्याउछौँ र कसरि हुन्छ बाग्मति नगरपालिका आफैँमा आत्मनिर्भर र बाग्मती बासीहरुको आयस्रोत वृद्धि हुनुपर्यो । हामी त्यसमै केन्द्रित छौं ।
त्यो त भइहाल्यो बाटोघाटो को अवस्था चाँही के छ ?
सुन्दर सफा छ । सबै घर–घरमा बाटो पुगेको छ । पचास वर्षसम्म पुग्ने गरि हामीले चौडाई कायम गरेका छौँ । बाग्मती नगरपालिकाका नगरबासीहरु हिलोमा हिँड्नु पर्दैन । कालोपत्रे हुने काम पनि धमाधम अघि बडिरहेको छ । हामीले ०७६÷७७ मा ५० किलोमिटर कालोपत्रे बनाउने लक्ष्य लिएका थियौँ । त्यसमध्ये हामीले अहिले ३० किलोमिटर भन्दा माथि कालोपत्रे निर्माण गरिसकेका छौँ । हामी लक्ष्य ५० किलोमिटर हो भनेर बस्दैनौँ त्यो भन्दा अगाडि पनि जान सक्ने सम्भावना देखिएको छ ।
स्वस्थ हुनको लागि खेलकूद निकै महत्वपूर्ण छ । खेलकूदको लागि पूर्वाधार निकै महत्वपूर्ण छ । त्यो हिसाबले नगरपालिका भित्र बालबालिका खेल्नलाई, जेष्ठ नागरिक हिँडडुल गर्नका लागि अथवा समाजका जोकोहि नागरिक पनि खेलको अभ्यास गर्नको लागि पूर्वाधार विकासमा तपाईँले के–के सफलता हाँसिल गर्नुभएको छ ?
अहिले त नयाँ नेपाल निर्माण भनेपछि ‘राष्ट्रका लागि खेलकूद स्वास्थ्यका लागि खेलकूद’ भन्ने नारा नै छ । ‘राष्ट्रका लागि खेलकूद स्वास्थ्यका लागि खेलकूद’ भन्ने त अनिवार्य गर्नुपर्छ । त्यसो हुनाले हामीले खेलकूदलाई पनि सँगै लग्नुपर्छ भनेर हाम्रो परिषद्बाट नै निती तथा कार्यक्रममा ‘एक वडा एक खेल मैदान’ भनेर निर्णय गरेर तिं खेल मैदान निर्माण गरिसकेका छौं । अब खेल मैदान त भैगो हाम्रो महिला फुटबल, बागमती नगरपालिका युवा क्लबबाट सञ्चालित विभिन्न ठाउँमा ४०–५० जना महिला सहभागि हुन्छन् हाम्रो । महिला फुटबलमा हाम्रो नगरपालिका अगाडि छ । त्यसो हुनाले खेलकूदमा पनि सबै जनतालाई समेटेर खेलकूद पनि स्वास्थ्यका लागि, अनुशासनका लागि, चेतनाको विकास, मानसिक विकासका लागि पनि खेल्नुपर्छ भन्ने दृष्टिकोणले हामीले एउटा गोल्ड कप गर्छौँ । र अर्को हाम्रो मार्सलाटहरु पनि छन् । हामीले माग गर्दाखेरि एउटा पनि प्रशिक्षक राज्यले दिएको छैन । तर पनि हामी नगरले नै प्रशिक्षक राखेर खेलकूदलाई अगाडि बढाईरहेका छौँ । त्यो सँगसँगै अर्को खुशीको कुरा हामीले पिच बनायौँ, बाटोलाई सुन्दर बनायौँ त्यो पनि चौडा चौडा । बनाइसकेपछि बाग्मती नगरपालिकामा जहाँ राम्रासँग बनेका बाटा छन्, त्यहाँका सबै नगरबासी मर्निङ वाकमा जानुहुन्छ, योगा गर्नुहुन्छ । कम्तीमा नगरबासीले दिनको आधा घण्टा मर्निङ वाक गर्दिनुभयो भने पनि त ५० प्रतिशत रोगको लागि त स्वास्थ्य चौकी या अस्पताल जानुपरेन नी त । हामीले आफ्नै पहलमा दाताहरु खोजेर गाउँले रङ्गशाला समेत बनाएका छौँ ।
आधा कार्यकाल सकिसक्यो अब आधा कार्यकाल बाँकी छ । तपाइ मेयरको कुर्सिमा हुनुहुन्छ । अब बाँकी कार्यकालमा मैले गरेका योजनाहरु यो–यो छन्, यीं योजना चाँही मैले सम्पन्न गरेँ । बाँकी कार्यकालमा यो–यो कार्यक्रम गर्छु, त्यसले चाँही ५ वर्षपछि यो नतिजा ल्याउँछ भन्ने तपाईँका बाँकी योजनाहरु सुनाइदिनुस् न ?
५ वर्ष नै नभनौँ तर मेरो कार्यकालमा चाँही अघि भनेको सेरोफेरोको सारमा भन्ने हो भने बागमती नगरपालिका गाउँ हो एउटा शिशु अवस्थामा छ । गाउँलाई शहर बनाउने उद्देश्य हो । त्यही प्रकृयामा हामी अगाडि बढेका छौँ । सम्पन्न वर्ग, मध्यम वर्गलाई साथमा लिएर गरिबलाई धनी बनाउने नै अन्तीम लक्ष्य हुन्छ । त्यसोभएको हुनाले मैले चाँही मेरो नेतृत्व रहुन्जेलसम्म छिटो भन्दा छिटो बाग्मती नगरपालिकालाई शहर बनाउने, बागमती नगरपालिका भित्र रहेका गरिब, दुखी, सुकुम्बासीहरुलाई धनी बनाउने उद्धेश्य सहितका योजनाहरु बन्छ र अगाडि बढ्छ ।
भिडियो हेर्नुहोस् :