हिड्ने बाटोमा चिप्लेटी कहिलेसम्म खेल्ने मेयरज्यू ?

मेयर खबरदाता, धनकुटा ।

बालबालिकाका जिज्ञाशा, गुनासा र सवालहरुमा नगर प्रमुखहरुको धारणाहरु के कस्ता रहेका छन् ? स्थानीय तहमा बालबालिकाका सवालहरु के कस्ता रहेका छन् र स्थानीय पदाधिकारीहरुले बालअधिकारका सवालहरुलाई प्राथमिकतामा राखेका छन कि छैनन् र भावि कार्य योजनाहरु के कस्ता रहेका छन् ? यी विषय उपर छलफलका लागि बालबालिकासँग मेयर कार्यक्रम टोली पाख्रीबास नगरपालिका पुगेको थियो ।

भोकाएको सिंह सिकार पाउँदा जसरी आफ्नो भोकमार्न झम्टीन्छ त्यसरी नै आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विविध कुराको प्राप्तीको एक मात्र आधार बालबालिकाले पाख्रिबास नगरपालिकाका मेयर वृष बहादुर राईमा देखेर होला उनीहरुले तीव्र गतिमा प्रश्नहरुको बर्साद कार्यक्रममा गरेका थिए ।

बाटो हिलो भएका कारण हामीलाई विद्यालय आउन कठिन छ मेयरज्यू, हाम्रो विद्यालयमा खानेपानी छैन मेयरज्यू, विद्यालयको भवनमा बाढी पसेर हामीलाई पढ्न मुस्कील छ, हामीलाई गर्मीमा पंखा छैन मेयरज्यू, खेलमैदान पनि छैन, शिक्षकको अभाव छ, सृजनात्मक ज्ञान छैन हामीसँग । यी त केवल प्रतिनिधि समस्या र प्रश्न मात्र हुन् । यस्ता क्यौँ समस्याको हलका लागि बालबालिकाले मेयरसँग आग्रह गरेका थिए ।

बालबालिकाको हरेक समस्याको समाधानका लागि आफू आजैबाट लाग्ने कुरा मेयर राईले राखेपछि बालमन केहि खुशी देखिएको थियो । विगतमा पनि यस्ता बाचा र आश्वासन पाउँदै आएको भएर होला कार्यक्रमको अन्त्यमा मेयरज्यूलाइ ० देखि १०० प्रतिशतमा कति दिनुहुन्छ भनेर गरिएको प्रश्नमा सहभागि बालबालिका कसैले ५० र कसैले ६० प्रतिशत दिन्छौँ भनेका थिए । शत प्रतिशत भने मेयर राईले उनीहरुले राखेका माग पुर्णगरे मात्र पाउने हुनुभएको छ ।

हेर्नुस् आइसीआइडी प्रा.लिले तयार गरेको कार्यक्रम बालबालिका सँग मेयरको १०६ औँ शृङखला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *