परोपकारी उपमेयर : अपाङ्गलाई ट्रयाकसुट, बालबालिकालाई सुईटर

मेयर खबरदाता, बाँके

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले अपाङ्गता भएका नौ जनालाई न्यानो कपडा वितरण गर्नुभएको छ । उहाँले अपाङ्ग सशक्तिकरण एंव संचार केन्द्र (डेक, नेपाल) ले बानियाभारमा संचालन गरेको सिपि सेन्टरका ९ जना अपाङ्गता भएकाहरुलाई व्यक्तिगत रुपमा ट्रयाकसुट र पिभिफम सहयोग गर्नुभएको हो ।

प्रदेश सांसद कृष्णा केसीले उपमेयर थापाको परोपकारी भावनाको प्रशंसा गर्नुभयो । उपमेयर थापाले भने फरक क्षमता भएकाहरुलाई आफुले यसैगरी निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

प्रदेशस्तरीय अपाङ्ग समन्व्य समितिका अध्यक्ष देवि दत्त आचार्य, मानव अधिकार सुचना केन्द्रका लक्ष्मी तिवारी, डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापामगर, जिवन गिरीलगायतले उपमेयरको सहयोगले समाजमा नयाँ सन्देश दिएको बताउनुभयो ।

त्यसैगरी, उपमेयर थापा र भाई बेग थापामगरले लगदहवा माविका १ सय ८५ जना विद्यार्थीलाई सुईटर वितरण गर्नुभएको छ ।

उपमेयर थापाका भाई बेग थापामगर र बहिनी एञ्जिला सिंजालीको सहयोगमा सिपि सेण्टर सञ्चालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *