जनप्रतिनिधि भएको आभास दिलाउन मेयरको घरदैलो कार्यक्रम

मेयर खबरदाता

मोरङ । कार्यालयमै गएर गुनासो राख्दा समेत जनताका समस्याको सुनुवाई नभएको हामीले सुन्दै र कती भोग्दै पनि आइरहेका छौँ । तर सुन्दरहरैँचाबासी भने यस मानेमा भाग्यमानी देखिएका छन् । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले जनताका घर–घरमै गएर उनीहरुको माग, इच्छा र आवश्यक्ता बुझ्न चालेको घरदैलो कार्यक्रमबाट त्यहाँका नगरबासी कती भाग्यमानी रहेछन् भनेर सजिलै भन्न सकिन्छ ।

मेयर ढकालले बढ्दो चिसोको कारण कठ्याङ्ग्रिएका जनताको घरमा पुगेर लत्ता कपडा वितरण गरेर ‘जनतासँग मेयर’ कार्यक्रम सुरुवात गर्नुभएको छ । सुन्दरहरैचा नगरपालिका ११ बाट सुरु भएको कार्यक्रम नगरपालिका भरीका सम्पुर्ण विपन्न बस्तीसम्म पुर्याउने मेयर ढकालको लक्ष्य रहेको छ । नगर क्षेत्र भित्र भएका विकाश निर्माण तथा वडामा माग भएका योजनाहरुको स्थलगत निरिक्षण गरेर ढकालले नगरको अहिले सम्ममा १, ११, ७, २, ६ तथा ८ वडामा दैनिक रुपमा विगत केही समय देखि बिहान ७ बजेको समय तालिका अनुसार वडामा गएर नगरवासीको गुनासो सुनेर सावधानको पहल गर्ने कार्य तीब्र रुपमा अघि बढाइरहनुभएको छ ।

मेयर ढकाल भन्नुहुन्छ, ‘नगरबासी कसैले पनि जाडोमा कठ्याङ्ग्रीनु नपरोस् र जनप्रतिनिधी भएको आभास होस भन्नको लागि आफु मेयर पदको उमेद्धवार हुँदा बाचा गरेका योजना पुरा गर्नको लागी जनताकै घरमा जाने कार्यक्रम थालेको हुँ ।’

‘जनप्रतिनिधीसँग जनताको सम्बन्ध सुमधुर नभएसम्म यो ओहोदा र पदको केही अर्थ हुँदैन ।’ विकासका लागि योजना र आँटको जरुरत छ र त्यो आँटको श्रोत जनता नै हुन् । यस्तो सोचबाट शिक्षित मेयर ढकालले जनताप्रति सदैब बफादार हुन सबै जनप्रतिनिधिलाई अनुरोध पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *