अमरगढीको आफ्नै नगर लोगो

मेयर खबरदाता

डडेलधुरा । अमरगढी नगरपालिका डडेलधुराका स्थानीय तह मध्ये आफ्नै लोगो भएको पहिलो नगरपालिका बनेको छ । नगरपालिकाले नगरको २४ औँ स्थापना दिवसको अवसरमा ‘नगर लोगो’ सार्वजनिक गरेसँगै यो जिल्लाको आफ्नै लोगो भएको पहिलो नगरपालिका बनेको हो ।

समग्र नगरको अस्तीत्व र विशेषता झल्काएर नगरलाई समुन्नत सुसंस्कृत र सम्वृद्धितर्फ अगाडि बढाउने एउटा रचनात्मक माध्यमको रुपमा लोगो तयार गरिदिएकोमा नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले पत्रकार वरूण पनेरूलाई नगद १५ हजारसहित कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै लोगो आव्हान गरेको थियो । जसमध्ये चार जनाले आफूले निर्माण गरेको लोगो नगरपालिकामा पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *