उपमहानगरबासीले तिर्ने उच्च कर समायोजन हुने तयारीमा

मेयर खबरदाता

सुनसरी । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले कर समायोजन गर्न कार्यदल गठन गरेको छ । नगरबासीबाट कर उच्च भएको गुनासो आएपछि उपमहानगरले कर समायोजनका लागि कार्यदल गठन गरेको हो ।

आइतरबार र सोमबार गरी दुई दिन बसेको कार्यपालिका बैठकले कर समायोजन गर्नका लागि धरान वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

उपनिर्वाचनको समयमा नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाले लगाएको करको दर उच्च भएको भन्दै कर घटाउने प्रतिबद्धता व्यक्त गरेको थियो । बैठकमा मेयर तिलक राईले आफूले प्रतिबद्धता गरेका विषयमा काम गर्न सँधै तत्पर रहेको बताउनुभयो ।

राई धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि यो कार्यपालिकाको दोस्रो बैठक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *