सामाजिक विकृती नियन्त्रण गर्न स्थानिय तहहरुको साझा कानुन

मेयर खबरदाता

कैलालीका स्थानीय तहहरुले लागु औषध, मदिरा विक्रिवितरण र लैङ्गिक हिंसा सम्बन्धी साझा कानुन बनाउने तयारी गरेका छन् । शनिवार धनगढीमा बसेको कैलालीका १३ वटै स्थानीयतहको बैठकले सामाजिक विकृति, हिंसा र दुव्र्यवहारलाई नियन्त्रण गर्न साझा कानुन बनाउने निर्णय गरेको हो ।

कानुन निर्माणका लागि जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ । सदस्यहरुमा धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र टिकापुर नगरपालिकाका कानुनी सल्लाहकार रहने निर्णय गरिएको छ । समितिले एक महिना भित्र मस्यौदा तयार पारेर स्थानीयतहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो , साझा कानुन बनाउनुपर्ने भएकाले यसलाई जिल्ला सभाले पास गर्नेछ ।

बैठकले १३ वटै स्थानिय सरकारका २–२ जना कर्मचारी गरि २६ जना कर्मचारिलाई जिल्लाभरका विद्यालय, टोल र समाजमा परिचालित गर्ने निर्णय गरेको छ । ब्यक्तिलाई विज्ञ प्रशिक्षकहरुबाट तालिम दिईने र त्यसको समन्वय धनगढी उप–महानगरपालिकाले गर्नेछ । तालिम प्राप्त स्थानिय सरकारका कर्मचारीहरुलाई केवल यस कार्यको लागि मात्र खटाइनेछ, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।

मेयर वडले कैलाली जिल्ला यस प्रकारको साझा कानुन ल्याउने नेपालकै पहिलो जिल्ला भएकोमा खुशी पनि व्यक्त गर्नुभएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *