बालबालिकाको गुनासो मेयरसँग मेयरज्यूको गुनासो सरकारसँग

मेयर खबरदाता

बालबालिकाका गुनासा र समस्या त्यती सुनिँदैनन् । एक त उनीहरु आफैँ आफ्नो समस्या के हो ? के छ ? र कतिपय अवस्थामा त्यो समस्या हो या हैन त्यसबारे पनि जानकार हुँदैनन् । समस्या पहिचान गरेको खण्डमा पनि त्यो सम्बन्धित ठाउँसम्म पुग्ने हो या हैन ? त्यसको निश्चय हुँदैन । यसर्थ बालबालिकाका त्यी माग, दुखेसोलाई सम्बन्धीत ठाउँसम्म पुर्याउने हेतुले बालबालिकासँग मेयर टोली प्रदेश नम्बर २ को धनुषा जिल्लाको मिथिला नगरपालिका पुगेको थियो ।

सय भन्दा बढि बालबालिकाको उपस्थितिमा सञ्चालित कार्यक्रममा बालबालिकाले विशेषगरि शिक्षासँग सम्बन्धीत मागहरु नै बढि राखेका थिए । मेयरज्यू, विद्यालय भवन छैन, पंखा छैन, कम्प्यूटर छैन, खेल्ने चौर छैन । विषयगत शिक्षकको अभावमा चोर्नुको विकल्प छैन । यी सबै प्रश्नहरु बालबालिकाको तर्फबाट आइरहँदा मेयर हरिनारायण महतोले सबै समस्याको हलका लागि नगरपालिका सक्षम नरहेको बताउनुभयो । विद्यालयका लागि भवन, कम्प्यूटर र नगरपालिकाकै बजेटबाट शिक्षकको व्यवस्था समेत नगरपालिकाबाटै भइरहँदा मेयर महतोले बालबालिकाका अन्य माग पुरा गरिहाल्ने झुठो आश्वसन भने बाँड्नुभएन । विद्यार्थी बालबालिकाले नगरपालिकाप्रति गुनासो पोखिरहँदा मेयरले भने सरकारको नीतिसँग गुनासो गर्नुभयो ।

बालविवाह र दाइजोप्रथाका घटनाहरु प्रदेश नम्बर २ मा बढि नै सुनिने गरिएको छ । कार्यक्रममा पनि बालविवाह र दाइजोप्रथा न्यूनिकरण गर्नका लागि विद्यार्थीले मेयरसँग आग्रह गरेका थिए । विश्वमै जल्दोबल्दो मुद्धाका रुपमा रहेको विषय लैङ्गिक समानता, महिला सुरक्षा, लागुपदार्थ दुव्र्यशन जस्ता मुद्धामा पनि कार्यक्रममा विद्यार्थीले प्रश्न उठाएका थिए ।

हेर्नुहोस आईसीआईडी प्रा.लिले तयार पारेको बालबालिकासँग मेयर कार्यक्रमको १४१ औँ श्रृङखला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *