सडक बालबालिकाको कुलत छुटाउने भारतीय मेयरको यस्तो उपाय

भारतको नयाँ दिल्लीकी मेयर प्रिति अग्रवालले गरिवी र नसाको लतमा जुधिरहेका सडक बालबालिकाको जीवनमा सुधार ल्याउन लागि नयाँ पहल गर्नुभएको छ ।हरेक महिनाको एक दिन बालबालिकाको समस्या सुनुवाईको लागि बालबालिकासँगै बसेर छलफल गर्नुहुन्छ ।

उनिहरुको जीवन सुधारको लागि पढाईदेखि लागुपदार्थ मुक्तिसम्मका विषयमा बालबालिबाकासँग छलफल हुन्छ । नयाँ दिल्लीका सडकमा जीवन बिताउने बालबालिकालाई कहिले बोलाएर त कहिले उनिहरु रहने स्थानमै पुगेर उनिहरुको समस्या सुन्नुहुन्छ र समस्या कम गर्न मदत गर्नुहुन्छ । ‘हामी उनिहरुको टिम बनाईदिन्छौं र उनिहरु मध्ये एक जनालाई टिम नेता बनाउँछौं, उहाँ भन्नुहुन्छ–‘यसरी उनिहरुलाई प्रोत्सहान मिल्छ भने अर्को तर्फ कुलतबाट छुटकारा पाउन मदत मिल्छ ।’

सडक बालबालिकालाई सहयोग गर्न मेयर अग्रवाल रातदिन खटिनुहुन्छ । यि बालबालिकालाई यस्तो चिज दिइन्छ, जुन उनिहरुलाई संधै याद आइरहोस् । मेयरबाट बालबालिकालाई प्राप्त पढाई, लेखाई, सरसफाई सँगै जीवन उपयोगी ज्ञान उनीहरुको लागि बरदान भन्दा कम छैन ।एजेन्सी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *