उपत्यकाव्यापी अन्तर नगरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

मेयर खबरदाता

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा उपत्यकाव्यापी अन्तर नगरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । माघ ७ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रतियोगिता हुने घोषणा गरेको हो ।

खेलका लागि नगरले सबै वडाबाट ५–५ जना खेलाडि छनौट गरि पठाइदिन वडा कार्यालयलाई पत्राचार गरेको छ ।

प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने प्रतियोगिलाई पाँच लाख, द्धितिय टोलीलाई तीन लाख रुपैयाँ पुरस्कार वितरण गरिने छ । साथै अनुशासित टोली, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट किपर तथा उत्कृष्ट हाईस्कोररलाई पुरस्कार वितरण गरिने कार्यक्रमका संयोजक वडा नं. ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताउनुभयो ।

चैत ७ देखि १५ गतेसम्म गोदावरि नगरपालिका ३ स्थित सेन्ट जेभियर्स स्कुलमा प्रतियोगिता सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *