मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला
ऋचा उप्रेती
मानवजातिलाई पृथ्वीमा जीवन्त बनाइराख्ने र प्रकृतिरहेसम्म जोगाइराख्ने भावी सन्तति बालबालिका हुन् । तसर्थ यीनीहरुको चौतर्फी बिकासमा लगानि हुनु आवश्यक छ । यहि आवश्यक्तालाई महसुस गर्दै बालबालिकासँग मेयर टोली धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका पुगेको थियो ।
बालबालिका र जनप्रतिनिधि बीच भएको अन्तरक्रियामा शिक्षा र यसको गुणस्तरसँग सम्बन्धीत रहेर बालबालिकाले गरेका गुनासाको मेयर लाल किशोर शाह, नगरकी उपप्रमुख र शिक्षा शाखा प्रमुखले हल गर्ने तत्परता देखाउनुभएको छ ।
कार्यक्रममा मेयर लाल किशोर शाहले साक्षर अभियान अन्तर्गत कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन् भनेर नगरपालिकाले बजेट छुट्याएका कुरा, नगरपालिकाले बालबालिकाको शारिरीक, मानसिक बिकासका लागि खेलकुद र साँस्कृतिक कार्यक्रम गर्दै आएको विषय, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकासेर सामुदायिक विद्यालयमा विद्यार्थिको संख्यामा वृद्धि भएको उदाहरण नगरपालिकाले बालबालिकाका लागि गरेका हालसम्मकोे पहलको रुपमा लिन सकिने बताउनुभयो ।
कार्यक्रममा एक बालिकाले आफ्नो ठाउँमा धेरै निरक्षर समुदायको बाहुल्यता रहेको हुँदा यसको हल गरिदिन नगरप्रमुखलाई आग्रह गरेकी थिइन् । प्रमुखले यो समस्याको हलको जीम्मा विद्यार्थी र शिक्षित व्यक्ति जो कोहीले लिन सक्ने बताउनुभयो । यसलाई स्पष्ट पार्दै शाहले ‘इच वोन टीच वन’ अवधारणालाई अवलम्बन गरेर शिक्षित एक व्यक्तिले निरक्षर मानिसलाई साक्षर बनाउन सक्ने र यसको प्रयोगले सम्पूर्ण नगर र राष्ट्र नै साक्षर बनाउन सकिने जुक्ति बालबालिका माझ प्रस्तुत गर्नुभएको थियो ।
हेर्नुहोस आईसीआईडी प्रा.लिले तयार पारेको बालबालिकासँग मेयर कार्यक्रमको १४३ औँ श्रृङखला ।