प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित

मेयर खबरदाता ।

बाग्मती प्रदेश सरकारले पाँचखाल नगरपालिकालार्ई सम्मान गरेको छ । प्रदेशकोे दोस्रो वार्षिकोत्सब कार्यक्रममा प्रदेशका ४५ वटा महानगर, उपमहानगर तथा नगरपालिका मध्ये पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका भएको ठहर गर्दै सम्मान गरेको हो ।

आन्तरिक आय अत्यन्त कम भएको नगरबाट नगरवासिहरुलाई प्रदान गरेको सेवा साथै विकास निर्माणको कार्यको मुल्यांकन गर्दै नगरपालिका कदरपत्र द्धारा सम्मानित भएको छ ।

सम्मान ग्रहण गरे पश्चात मेयर महेश खरेलले सम्मान गर्नुभएकोमा बाग्मती प्रदेश सरकारलाई हार्दिक धन्यवाद दिँदै यो उपलब्धि पाँचखालका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनैतिक दल तथा नगरका सम्पुर्ण जनताको भएको बताउनुभएको छ । खुशी हुँदै मेयर खरेलले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग दिनुहुन सबैलाई अनुरोध पनि गर्नुभयो ।

पाँचखाल नगरपालिकाको मुहार फेर्ने श्रेय पाउनुभएका खरेल देशमा फर्केर केही गरौं भन्ने हुटहुटीले गर्दा २०६७ सालमा अमेरिकाबाट फर्किनुभयो र त्यसपछि राजनीति र समाजसेवामा समर्पित भएर सक्रिय रुपमा लाग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *