स्वागत छ बेलबारीमा मेहफिलमा गाउनुहोस् हजुर

कोशी नेपाल मिडियाको आयोजना र बेलबारी नगरपालिकाको सहयोगमा आयोजित साहित्य दिप विशेष कार्यक्रममा नेपालका चर्चित एवम् सशक्त गजलकारहरुको सहभागिता थियो ।

नगरपालिकाको भवनमा आयोजित कार्यक्रममा बेलबारीका जनप्रतिनिधिहरु पनि उपस्थित थिए । हलमै बसेर कार्यक्रमको मज्जा लिइरहनुभएका मेयर ज्ञानेन्द्र सुबेदीको साहित्यप्रतिको रुची कती रहेछ भनेर त्यतीबेला अनुमान लगाउन सकियो जतीबेला मेयर सुबेदीले स्टेजमै गएर गजल बाचन गर्नुभयो ।

मेयर सुबेदीले बाचन गर्नुभएको सोही गजल आजको मेयर साहित्यमा प्रस्तुत गरेका छौँ ।


बेलबारीमा बेल पाक्या छन्
खानलाई आउनुहोस् हजुर
स्वागत छ बेलबारीमा
मेहफिलमा गाउनुहोस् हजुर
बेताना छ रमिते छ
संस्कृती झन् कतिकति
मौका मिले घुम्न आउनुहोस्
सालै पिच्छे धाउनुहोस् हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *