१० बिघा जग्गादान गरेर मेयर सुबेदीले पाउनुभएको सन्तुष्टि

ऋचा उप्रेती

समाजको लागि के गर्ने कति गर्ने ? सेवा र सहयोग गर्नका लागि न कुनै दायरा छ न गर्नुपर्छ भन्ने बाध्यता नै । जब तपाइको मन अरुको खुशी देख्दा प्रसन्न हुन थाल्छ तब तपाइको हृदयमा सेवाभाव निरन्तर पलाइरहन्छ । यसको एकदम उपयुक्त उदाहरण हुनुहुन्छ बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदी ।

मेयर सुबेदीले केहि समय अघि मात्रै जनयुद्ध प्रतिष्ठान नेपाललाई आफ्नो ८ बिघा पैतृक सम्पत्ति दिनुभयो । जसको जनयुद्धकालमा भएका गतिविधिहरूलाई समेटेर सङ्ग्राहलय, शैक्षिक गतिविधि, स्वास्थ्य गतिविधि, पार्क तथा तालिम केन्द्र सञ्चालन गर्नका लागि हाल डिपिआर तयार हुँदैछ । थुप्रै लोक कल्याणकारी कार्यमा संलग्न हुनुभएका मेयरलाई हाल समाजसेवा एक लत नै जस्तो भइसकेको छ । यही अरुको मुहारमा खुशी छर्ने लतले उहाँले हालै बेलबारी नगरपालिका ५ मा रहेको कसेनि स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटनका क्रममा ट्रमा सेन्टर निर्माणका लागि वडा नम्बर २ मा रहेको २ बिघा जग्गा दिने घोषणा गर्नुभयो ।

नगर प्रमुख सुवेदीले यसअघि पनि बेलबारीको फोहोर थुर्पाने ठाउँ (डम्पिङ साइट) का लागि जग्गा प्रदान गरिसक्नुभएको छ ।

सहयोगी मनका धनी सुबेदी भन्नुहुन्छ, ‘सम्पत्तिले सुख देला तर दान र सेवाले सन्तुष्टि र खुशी दिन्छ ।’उहाँ थप भन्नुहुन्छ नगर र नगरबासीको समृद्धि नै मेरो चाहना हो । मनकारी मेयर सुबेदीसँग मेयर खबरले कुराकानी गरेर जनप्रतिनिधि यती सहयोगी पनि हुन्छ्न् है भन्ने मौका पाएकोमा नगर प्रमुख सुबेदी प्रति आभार र धन्यबाद त्यी सबै समाजसेवी जसले एक हात आफ्नो हितका लागि र अर्को हात दानका लागि छुट्याइ राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *