पालुङटार नगरपालिकाको विश्वास तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ

मेयर खबरदाता

पालुङटार नगरपालिकाले ‘उपप्रमुखसंग स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम’ कार्यक्रम अभियानको शुरुवात गरेको छ । ‘तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ’ भन्ने मुल नाराका साथ बुधबार भवानी माध्यामिक विद्यालयबाट अभियानको शुरुवात भएको हो ।

आकस्मिक रुपमा आइपर्ने सामान्य तथा जटिल स्वास्थ्य समस्याको समयमै सामान्य उपचार गरेर स्वास्थ्य संस्थासम्म पुर्याउन सहज बनाउन नगरपालिकाले यो कार्यक्रम गरेको हो । उपप्रमुख पम्फा बसेलले भन्नुभयो, ‘सर्किने, रक्तस्राव, संघात, बेहोस हुने हृदयघात लगायतले गर्ने क्षती कम गर्दै बिरामीको अकालमै मृत्यु हुनबाट जोगाउन तालिममा त्यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भनेर सिकाइएको छ ।’

हातेमालो अभियान नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रम प्रत्येक वडाको एक–एक माध्यामिक विद्यालय गरि १० वटा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ । विद्यालयमा सम्पन्न गरेपछि नगरपालिका क्षेत्रका प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक, स्थानीय, सवारी चालक लगायतलाई समेत तालिम दिने योजना रहेकोे उपप्रमुख बसेलले जानकारी दिनुभयो ।

तालिममा प्रस्तुतीकरण, भिडियो लगायत प्रयोगात्मक विधीहरुको प्रयोग गरेर बेहोस हुँदा, छारे रोग लाग्दा, अंगभंग भएमा, घाँटीमा केही अड्केमा, करेन्ट लाग्दा, रक्तश्राव हुँदा, आगोले पोल्दा, हृदयघात, किराको टोकाइ, आघात, नाकबाट रगत बग्दा के कस्ता प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा सिकाइएको तालिमकी प्रशिक्षक डाक्टर लक्ष्मी पन्थीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *