‘मास्क र अत्यावश्यक सामाग्री अब घरघरमै’

मेयर खबरदाता, सिन्धुपाल्चोक

१३ चैत । चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोना संक्रमणबाट बँच्न नगरवासीलाई अत्यावश्यक सामाग्री घरघरमै उपलब्ध गराउने भएको छ । सरकारले चैत्र ११ गतेदेखि कोरोनाको संक्रमण फैलन नदिन ‘लकडाउन’ गरेपछि स्थानीय सरकारको भूमिका थप आवश्यक देखिएको भन्दै चौतारा साँगाचोकगढी नगरपालिकाले अत्यावश्यक सामाग्री नगरवासीलाई दिन लागेको छ । नगरपालिकाले बुधबार सबै वडा र स्वास्थ्य चौकीहरुलाई मास्क, स्यानिटाईजर, पन्जा र अत्यावश्यक औषधिहरु दिइसकेको छ ।

नगरवासीको अवस्था बुझ्न र सामाग्री हस्तान्तरण गर्न टोल टोल पुग्नुभएका चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामांगले मेयर खबरलाई भन्नुभयो, ‘चौतर्फि सचेतता अपनाईएको छ, आवश्यक सामाग्री पुर्याईसक्यौं, अब ति सामाग्रीहरु विरामी रजोखिममा रहेका वृद्धवृद्धाहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गरिनेछ ।’

कतिपय स्थानमा ‘लकडाउन’को बेवास्ता गर्दै पहिलो र दोश्रो दिन मानिसहरुको चहलपहल बढेको भन्दै नगरपालिकाले जनतालाई घरघरमै रहन आग्रह समेत गरेको छ । मेयर तामांगले पनि जनताकै सुरक्षाका लागि सरकारले गरेको निर्णयलाई मानेर सुरक्षित रहन अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *