कोरोनाले लग्यो मेयरको ज्यान

१५ चैत । कोरोना भाईरसको संक्रमणबाट एक जना मेयरको ज्यान गएको छ ।

इटालीको बेर्गामो प्रदेशस्थित चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको ७० बर्षको उमेरमा कोरोनाको संक्रमणका कारण मृत्यु भएको हो ।

मार्च ७ तारिखका दिन संक्रमण देखिएपछि अस्पताल भर्ना भएका मेयर भ्यालोटीको मृत्यु गत शुक्रबार भएको एजेन्सीले बताएका छन् । उनको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

चीनपछिको भयावह संक्रमण देखिएको इटलीमा संक्रमितमध्ये १० प्रतिशतको ज्यान गएको तथ्यांक छ । शुक्रबारसम्म ८६ हजारमा संक्रमण देखिएको इटलीमा ९ हजार १ सय जनाको मृत्यु भईसकेको पुष्टि भएको छ । संक्रमितमध्ये ११ हजारको जीवन पुर्नलाभ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *