इशनाथ नरपालिकाका मेयर सन्तोष मेहताविरुद्ध पक्राउ पुर्जी

मेयर खबरदाता, रौतहट

१८ चैत । मकवानपुर जिल्ला अदालतले गाँजा तस्करीसम्बन्धी एक मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न अनुमति दिएको छ । ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रहसहितको पत्र मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पठाएको छ । मेयरका भाई मोहन मेहता इशनाथ नगरपालिका नेकपा नगरकमिटी अध्यक्ष हुन् ।

रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा ओसारिएको ३० किलो ६०० ग्राम गाँजा र ९१ हजार रुपैयाँ गत माघ ११ गते हेटौंडा उपमहानगरपालिकाको नेवारपानीमा बरामद भएको थियो ।

तीन वटा झोलामा ६ वटा पोका बनाएर मनहरीबाट हेटौंडातर्फ एम्बुलेन्समा राखेर गाँजा ल्याउँदै गर्दा भारतीय नागरिक विनोद सहनी, एम्बुलेन्स चालक रौतहट डुमरियाका महम्द खलिद र अशोक कुमार पक्राउ परेका थिए ।

मकवानपुर जिल्ला अदालत हेटौडाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ पूर्जी जारी गरेको हो । मेयरका भाइ तथा नेकपाका नगर अध्यक्ष मोहन मेहता एम्बुलेन्स सञ्चालन समितिको अध्यक्षसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *