नगरवासीको स्वास्थ्य परिक्षण गर्न घरमै पुगे बागमतीका मेयर

मेयर खवरदाता, सर्लाही

२३ चैत । सर्लाहीको बागमती नगरपालिकाले टोलमै पुगेर नगरवासीको स्वास्थ्य परिक्षण शुरु गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेसंगै देखिएको जोखीमलाई न्युनिकरण गर्न नगरपालिकाले उच्च सतर्कतासहित स्वास्थ्य परिक्षण शुरु गरेको हो ।

बागमती नगरपालिकाका मेयर भरत थापासहितको स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ७ का स्थानीयको स्वास्थ्य परिक्षण गरेको छ । ७ नम्बर वडाबाट आज आईतबारदेखी शुरु भएको स्वास्थ्य परिक्षण १२ वटै वडामा गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर सिंहले मेयर खवरलाई जानकारी गराउनुभयो ।

मेयर खवरसँग कुरा गर्दै मेयर थापाले उच्च भाईरल ज्वरो तथा रुघाखोकी लागेका व्यक्तिहरुलाई होम क्वारेन्टाईनको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा लकडाउनको पूर्णरुपमा पालना गरिएको र वडाअध्यक्षको निगरानीमा टोलस्तरिय कोरोना नियन्त्रण यूनिट गठन गरिएको छ । त्यो यूनिटले गाउँमा नयाँ मान्छे प्रवेश गरे नगरेको निगरानी गर्ने र प्रवेश गरेकालाई तुरुन्तै क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको छ ।’

नगरपालिकाले शर्मैया स्वास्थ्य चौकीमा ८ शैयाको क्वारेन्टाईन तयार गरिसकेको छ भने कोरोना नियन्त्रणका लागी परामर्श र सचेतना कार्यक्रम पनि संचालनमा ल्याएको छ ।

One Reply to “नगरवासीको स्वास्थ्य परिक्षण गर्न घरमै पुगे बागमतीका मेयर”

  1. सेन्सर थरमामिटर ले राम्रो उचित काम नगरेको प्रमाणित गरिएको छ ।
    त्यसैले डिजिटल थर्मामिटर Disinfection गरेर प्रयोग गरियोस् भनेर ध्यानाकर्षण गराउन चाहे मेयर थापा ज्यु लाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *