ललितपुर महानगरपालिकासहित ३ वटा स्थानीय तहलाई युम्सको ३ लाख सहयोग

मेयर खबरदता, ललितपुर 
२६ चैत । शहरी वातावरण व्यवस्थापन समाज (युम्स)ले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक–एक लाख रकम सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिम न्युनीकरण गरी नगरवासीहरुलाई सुरक्षित राख्न तिन वटै स्थानीय तहको कोषमा संस्थाले उक्त रकम सहयोग गरेको हो ।

महानगरपालिका र नरपालिकाहरुलाई कोरोना भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध काम गर्न युम्सले सहयोगस्वरुप रकम प्रदान गरेको युम्स्का संस्थापक अध्यक्ष प्रेमसिंह महर्जनने मेयर खबरलाई जानकारी दिनुभयो । संस्थाले महानगरपालिका र नगरपालिकालाई रकमसहित ब्लीचिङ पाउडर पनि उपलव्ध गराएको थियो ।

युम्स्ले ललितपुरको बाग्मती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई पनि पचास हजारका दरले सहयोग गरेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भई खानेपानी तथा सरसफाईको क्षेत्रमा युम्सले २०५९ सालदेखी निरन्तर कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *