पाँच प्रदेशका पाँच मेयरकोे संघ र प्रदेश सरकारलाई प्रश्न, ‘खै पिपिई ? खै बजेट ? खै समन्वय ?’

मेयर खबरदाता

संघ र प्रदेश सरकारले आवश्यकता अनुसारको सहयोग नगरेको स्थानीय सरकार प्रमुख ‘मेयर’हरुले गुनासो गरेका छन् । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन विहान ८ः३० र १०ः३० बजे प्रशारण भइरहेको कोरोना विशेष श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को पाँचौं श्रृंखलामा सहभागी मेयरहरुले यस्तो प्रश्न गरेका हुन् ।

नगरसभाले विपद् व्यवस्थापनका लागि छुट्याएको पैसा सकिएको र विभिन्न सहयोगी संस्थाका भरमा स्थानीय सरकारले जसोतसो काम गरिरहेको मेयरहरुले कार्यक्रममा बताएको सहजकर्ता शिव अधिकारी जानकारी दिए ।

‘युद्ध– कोरोनाविरुद्ध’को पाँचौं श्रृंखलामा प्रदेश १ को मोरङ जिल्लाको लेटाङ नगरपालिकाका मेयर शंकर राई, प्रदेश २ को महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिव शाह, प्रदेश ५ को गुल्मि जिल्लाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, कर्णाली प्रदेशको जाजरकोट जिल्लाको भेरी नगरपालिकाका मेयर सिपि घर्ती मगर र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादर बड सहभागी रहेको कार्यक्रमका जनसम्पर्क अधिकृत प्रसन्न ढुंगानाले जानकारी दिए ।

सो कार्यक्रम न्यूज २४ टेलिभिजनमा बैशाख १ गते विहान ८ः३० र १०ः३० बजे प्रशारण हुँदैछ ।

अघिल्लो अंक हेर्न यहाँ क्लिक गर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *