जनताका लागि राहत : क्षतिपुर्ती होइन, नागरिक सुरक्षा हो

पन्ध्रौं सताब्दीमा शुरु भएको विश्वव्यापीकरणले एक्काइसौं सताब्दीसम्म आइपुग्दा सम्पूर्ण विश्व जगतलाई आर्थिक सामाजिक रुपमा जोडेर एउटै बनायो । उत्पादन, अर्थतन्त्र र मानिसहरुको विश्वव्यापी ओसारपसार÷आवतजावतलाई बढावा दिएर विश्वलाई एउटा गाँउको रुपमा अर्थात् ग्लोवल भिलेजमा रुपान्तरण ग¥यो । विश्वको एक कुनामा भएको उत्पादन अर्को कुनामा उपभोग भयो र कुनै देशको एक गाँउमा जन्मेको मानिस पृथ्वीको अर्कै गोलार्धको कुनै सहरको जनशक्ति बन्न पुग्यो । यसरी नै चीनको एक सहरमा उत्पन्न भएको कोरोना भाईरस रोगले अमेरिका, ईटली, स्पेन लगायतका देशमा हजारौं मानिसहरुको ज्यान लियो–लिईरहेको छ ।

‘भोक’ दृष्य

यतिवेला महामारीको मार छ । संक्रमण नियन्त्रण तथा रोकथाम गर्न देशका सिमानाहरु बन्द छन । सहर र गाँउहरु बन्दाबन्दीमा छन । नेपालमा पनि बन्दाबन्दीका कारण मुटु चिरेर निस्किएका केहि पेचिला प्रश्नहरु छन । हजारौं मजदुरहरु लालावाला काखी च्यापेर चाउचाउ र चिउराको भरमा हप्ता दस दिनको कष्टकर यात्रा तय गरी जन्मथलो पुग्न हिंडेको लर्को देखिन्छ सडकमा । मानौं देश मानव सभ्यताको घुमन्ते युगमा प्रवेश गर्दैछ ।

हजारौ नेपालीहरु भारतसँगको खुल्ला सिमानामा स्वदेश प्रवेश गर्न नसकेर खुल्ला आकास मुनि खालीपेट आन्दोलित छन् । उनीहरुलाई लाग्दैछ, श्रमिकको त आफनै देश समेत हँुदोरहेनछ । यता केहि स्थानीय तहहरुमा राहत वितरणको विषयलाई लिएर कुटाकुट भएका श्रव्यदृस्य देखिन्छन् भने काठमाडौं उपत्यका लगायत ठूला सहरका खुला चौरमा श्रमिकहरु भोकभोकै निदाईरहेका समाचार प्रसारण भइरहेका छन । एउटा अचम्मको विषय पनि छ–यस्तो परिदृस्य देख्दा सम्म पनि नेपाली जनताका नाममा ठूलै रकम भित्रयाउने गैरसरकारी संस्था, धार्मिक सभासम्मेलनमा करोडौं खर्च जुटाउने धार्मिक संघसंस्था, धनाढ्य नवधनाढ्य औद्योगिक कुलघरानाहरु तथा ठूला उद्योगी व्यापारी, व्यावशायीहरु मौनव्रत या गुप्तवास बसेका छन् । केहि नाम चलेका निर्माण व्यवसायीहरु समेत कार्यस्थलमा श्रमिकहरु अलपत्र छोडेर सम्पर्कविहीन छन् । यसैगरी चलिरहेको वन्दावन्दी वहस, यतिवेला ।

संक्रमणको प्राथामिक र उच्च जोखिमको वीचमा स्वास्थ्यकर्मीहरुको संवेदनशिल खटाई, सुरक्षा अंगहरुको समर्पण साँच्चै सह्राहनीय छ । जनताको नजिकको सरकार मानिएको स्थानीय सरकारको महत्वपूर्ण भूमिकाको अर्को विकल्प छैन । स्थानीय तहहरु राहतको विषयमा अलमलिएको पनि देखिएको छ । खाद्य सामाग्री खरिद गरेर वितरण शुरु गर्ने हो भने पनि हुनेखानेहरु हुँदा खानेहरु भन्दा लाइनको अघिल्लो पङतिमा देखिने गरेको हाम्रै अनुभव छ । मूल्य, गुणस्तर र परिमाणको विषय विवादरहित बनाउन त्यति सहज पनि छैन । यसर्थ पनि राहतको विषयलाई होसियारीपूर्वक व्यवस्थापन गर्नुपर्दछ । राहतलाई भोकै सुत्नुपर्ने अवस्थाबाट नागरिकको सुरक्षाको रुपमा लिनु पर्दछ, क्षतिपूर्तिको रुपमा होइन । यो बन्दावन्दी अझै लम्बिने संकेत देखिएकोले स्थानीय तह लगायत सरोकारावालाले निम्न कार्यसूचीलाई प्राथामिकतामा राख्नुपर्दछ ।

राहत वितरण व्यवस्थापन

पहिलो

सबैभन्दा पहिले वडास्तरमा सम्बन्धित वडा अध्यक्ष्य संयोजक रहेको वडा समिति, स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहितको कोरोना भाइरस रोग संक्रमण नियन्त्रण समन्वय समिति यस अघि नै गठन भइसकेका छन् । उक्त समितिले महिला स्वास्थ्य स्वयम्सेविका, टोल विकास संस्थाहरु, युवा क्लव आदि परिचालन गरेर दुई तीन जनाका दरले कार्यटेली गठन गर्ने र क्षेत्रगत कार्य विभाजन गरेर हरेक परिवारमा सोझै पुग्ने गरी वास्तविक राहत लक्षित वर्ग पहिचान गरेर मात्र राहत लगायत अन्य कार्य सम्पादन गर्दा राम्रो हुन्छ । कार्यटोलीलाई यतिवेला राजनीतिक मनलाई अलग्गै राखेर न्यायिक मन र धार्मिक मनले कार्य गर्न प्रेरित गर्नुपर्दछ । राहत प्याकेज र विपद कोषको एकिन भइसकेको छ नै ।

दोश्रो

ठूला सहरमा अलपत्र श्रमिकहरुका लागि संघ÷संस्थाहरुले निःशुल्क भोजनालय खोलेर सेवा पु¥याउन ढिला गर्नु हुँदैन ।

तेश्रो

स्थानीय विकास निर्माण पुनः सुचारु गर्ने कार्य । नेपाल सरकारको कोरोना भाईरस रोग संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको गत चैत्र २० गतेको निर्णयको अधिनमा रही अत्यावश्यक विकास निर्माणको कार्य सुचारु गर्नुपर्दछ । जसअनुसार श्रमिकहरु जुन ठाँउमा बसेका छन्, सोही ठाँउमा काम गर्ने अवसर उपलब्ध गराउदा एकतर्फ विकास निर्माण कार्य अघि बढ्छ भने अर्कातर्फ श्रमिकहरु अन्य समुदाय र परिवारसँग सम्पर्कमा नपुग्दा संक्रमण नियन्त्रणमा समेत सघाउ पुग्छ ।

यात्राको ईतिहाँस (ट्राभल हिस्ट्री) भएका व्यक्ति, संकास्प्रद लक्षण भएका व्यक्ति र अन्य अपरिचित व्यक्तिहरुसँगको सम्पर्कबाट टाढा वस्नु पर्ने हो– परिवार छरछिमेकसँग वोलचाल बन्द गरेर, झयाल ढोका बन्द गरेर बस्नुपर्ने होईन । उपभोक्ता समिति मार्फत सञ्चालन भईरहेका आयोजनाहरुलाई सुचारु गर्न सकिन्छ । अथवा विपद कोषबाट बजेट विनियोजन गरी सानातिना विकास कार्य अघि बढाउँदा मागेर खान होइन, श्रम गरेर पारिश्रमिक लिने स्वाभिमान प्रवद्र्धन हुन्छ । विपन्न परिवारका सुत्केरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा सम्बन्धी विषेश व्यवस्था गर्न सकिन्छ ।

चौंथो

कृषि कार्य, घरेलु तथा साना उद्योगसम्बन्धी कार्यलाई प्रश्रय दिएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने कार्य चौंथो प्राथमिकताको कार्य हो । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने क्षेत्रहरु हुन– विपे्रषण र पर्यटन । प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुकहरुबाट महामारीका कारण कामदारहरु स्वदेश फिर्ता गर्ने संभावना एकातिर छ भने अर्को तर्फ पर्यटन यद्योग त ठप्प प्राय छ । बन्दाबन्दीले आयात निर्यात अर्थतन्त्र धरासयी छ ।

अवको विकल्प भनेको प्राय जनशक्ति गाँगघर केन्द्रित भएको वेला र खेतीपातीको मौसम भएकोले कृषिक्षेत्रमा प्रेरणादायी लगानी नीति उपयुक्त हुन्छ । स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्दै आत्मानिर्भर अर्थतन्त्रको विकासमा अघि बढनु उपयुक्त हुन्छ ।

पाँचौ

बाटोमा वा सिमानामा अलपत्र मजदुर वा नागरिकप्रतिको दायित्व राज्यको हो । यतिवेला हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण र व्यवस्थापन गरिरहेको सन्दर्भमा बाटोमा अलपत्र नागरिकहरुलाई आ–आफनो स्थानीय तहसम्म निःशुल्क र सुरक्षित पु¥याई तोकिएको अवधिका लागि क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनु पर्दछ । यसका लागि एम्बुलेन्स, सुरक्षा निकाय र सरकारी सवारी साधनहरु परिचालन गर्न सकिन्छ । अन्तिम कार्यसूची भनेको लाखौं लाख विद्यार्थीहरु अध्ययनसँगै कामको सिलसिलामा विदेशमा रहेका छन् र भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका समाचार आईरहेका सन्दर्भमा उनीहरुको मानसिक, भौतिक र स्वास्थ्य सुरक्षाका लागि उच्चस्तरीय कुटनीतिक पहल गरिनुपर्दछ ।

अन्त्यमा,

यो समय राजनीतिक दाउपेच, नकरात्मक र भ्रामक टिकाटिप्पणी गर्ने, जातीय धार्मिक वा पेशागत अहमता र व्यक्तिगत स्वार्थ तथा रिसईवीको समय पक्कै होइन । यो समय न्यायिक मन वोकेर, धर्मासनमा बसेर भोलि मरेर जाने चोला हो भन्ने सम्झेर उच्चतम् मानवीय व्यवहार प्रदर्शन गर्नुपर्ने समय हो । यो समय सबै क्षेत्रबाट आफनो क्षमताले सकेको योगदान गर्दै एकजुट भएर महामारीको सामना गर्ने समय हो ।

(लेखक मानबहादुर खड्का हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा दोलखाको भिमेश्वर नगरपालिकामा कार्यरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *